Abstract

मानव सभ्यताको विकाससँगै भाषाको विकास भएको थियो । भाषिक अध्ययनको पूर्वीय परम्परा संस्कृतबाट भएको पाइन्छ । पाश्चात्य जगत्मा पनि विभिन्न भाषाहरूसँग नजिक रहेर भाषिक चिन्तन गरिएको पाइन्छ । प्रस्तुत अध्ययनमा लौकिक संस्कृत भाषिक चिन्तन सम्बन्धी के कस्ता काम भएका छन् र कति कार्य भएका छैनन् भनी खोज गर्नु नै समस्याको रूपमा लिइएको छ भने लौकिक संस्कृतको भाषिक चिन्तन परम्पराको विश्लेषण गर्नु, उक्त अध्ययनको उद्देश्य रहेको छ । यस अध्ययन गुणात्मक अनुसन्धान ढाँचाम प्रस्तुत गरिएको छ । यस अनुसन्धानमा विभिन्न पुस्तक, ग्रन्थ, लेख आदिलाई अध्ययनमा सूचना सङ्कलनको आधार बनाइएको छ । यस अनुसन्धानमा सूचनाहरू पूर्ण रुपमा द्वितीय स्रोतबाट लिइएको छ । प्राप्त सूचनालाई व्याख्या तथा विश्लेषणात्मक ढंगबाट प्रस्तुत गरिएको छ । पाणिनि युग र उत्तर पाणिनि युगमा विकसित भएका भाषिक चिन्तनको प्रभाव प्राकृत भाषामा समेत परेको देखिन्छ । पूर्वमा संस्कृत भाषा तथा पश्चिममा ल्याटिन, ग्रीक जस्ता भाषामा गरिएको भाषिक चिन्तनले आधुनिक भाषा विज्ञान र व्याकरणको क्षेत्रमा फराकिलो दायरा बनाएको पाइन्छ भन्ने निष्कर्ष निकालिएको छ ।

Full Text
Published version (Free)

Talk to us

Join us for a 30 min session where you can share your feedback and ask us any queries you have

Schedule a call