Abstract
प्रस्तुत लेख आनन्दवर्धनद्वारा प्रतिपादित ध्वनिसिद्धान्तअनुसार अभिधा, लक्षणा र व्यञ्जना (प्रतीयमान अर्थ) मध्ये व्यञ्जना वा प्रतीयमान अर्थका आधारमा दिनेश अधिकारीद्वारा रचित हर्कबहादुर कविताको अर्थनिरूपणमा केन्द्रित छ । पूर्वीय काव्य परम्परामा ध्वनि सिद्धान्तका आधारमा काव्यको श्रेणी मापन गर्ने गरिन्छ । रससिद्धान्त जस्तै ध्वनि पनि संस्कृत साहित्य समालोचनाको एक अत्यन्त उर्वर एवम् प्राचीन सिद्धान्त हो । आनन्दवर्धनले व्यङ्ग्यको प्रबलता रहेको अभिव्यक्तिलाई ध्वनिकाव्य मानेका छन् भने ध्वनि तत्त्व गौण रूपमा रहेका या वाच्यर्थकै समान भएर रहेको अभिव्यक्तिलाई गुणीभूत व्यङ्ग्य काव्य मानेका छन् । हर्कबहादुर कवितामा आर्थिक विषमता, मानवीय मूल्यहीन, सामाजिक विसङ्गति र राजनैतिक अकर्मण्यताका कारणले आम नेपालीले भोगेका दुःख र पीडा हर्कबहादुर पात्रका माध्यमबाट व्यञ्जनार्थमा अभिव्यञ्जित भएको छ । प्रस्तुत कविता अभिधार्थभन्दा व्यञ्जनार्थमा बढी शक्तिशाली अर्थ प्रकटीकरण भएको छ । त्यही व्यञ्जनार्थ खोजी गरी वर्णन र विश्लेषण गर्नु लेखको मूल प्राप्ति हो ।
Published Version
Talk to us
Join us for a 30 min session where you can share your feedback and ask us any queries you have