Abstract

प्रस्तुत अध्ययन “सुनामी” कथाको सामाजपरक अध्ययनमा केन्द्रित रहेको छ । आठ वर्षको उमेरमा कथा विधामा प्रवेश गरेकी इल्या भट्टराईले “अनि””....कथा सङ्ग्रहमा सङ्ग्रहीत उत्कृष्ट कथा “सुनामी” रचना गरेकी छिन् । कथामा नारी स्वतन्त्रताको चाहाना राख्ने आधुनिक, समसामयिक, सामाजिक यथार्थको चित्रण गर्ने कथाकारको रूपमा परिचित छिन् । यस अध्ययनमा जाति, क्षण र परिवेशको आधारमा सुनामी कथाको सामाजपरक अध्ययन गरिएको छ । यस सुनामी कथाको अध्ययन गर्न कथाका समाजपरक पक्षहरूलाई जाति,क्षण र परिवेशलाई समाजसँग जोडेर खोजी गरी त्यस आधारमा विश्लेषण नहुनु यस अध्ययनको समस्या देखिएको छ । सुनामी कथाको जाति क्षण र परिवेशका आधारमा सामाजपरक अध्ययन गर्नु यस अध्ययनको उद्देश्य बनेको छ । यो गुणात्मक अध्ययनमा पुस्कालयीय अध्ययन विधिको प्रयोग गरिएको छ । प्राथमिक स्रोतको रूपमा सुनामी कथा रहेको छ भने द्धितीयक स्रोतको रूपमा पूर्वकार्य,लेख रचना,पत्रपत्रिका,शोध सामग्री,सन्दर्भ पुस्तक र अध्ययन विश्लेषणबाट प्राप्त तथ्यलाई तर्क र प्रमाणको आधारमा पुष्टि गरिएको छ । समाजका यथार्थ मान्यतालाई प्रभावकारी ढङ्गले देखाइएको छ । सुनामी कथालाई जाति क्षण र परिवेशको आधारमा सामाजिक धरातलमा राखेर अध्ययन गर्न सक्नु नै निष्कर्ष रहेको छ । प्राकृतिक प्रकोपबाट समयमै बचेर सामाजिक र पारिवारिक सम्बन्ध जोगाउनुपर्ने देखिएको छ ।

Full Text
Published version (Free)

Talk to us

Join us for a 30 min session where you can share your feedback and ask us any queries you have

Schedule a call