Abstract

नारीवादी दृष्टिकोणले मसान नाटकको विश्लेषण शीर्षकमा तयार पारिएको प्रस्तुत लेखमा नारीवादका मान्यताका आधारमा नाटकमा प्रयुक्त नारी पात्रले भोगेको उत्पीडनको अवस्था विश्लेषण गरिएको छ । पाश्चात्य जगत्मा नवीन समालोचना पद्धतिका रूपमा देखिएको नारीवादले साहित्यिक कृतिमा नारी पात्रको भूमिका, अवस्था विश्लेषण गर्छ । यसले नारीमाथि हुने सबै प्रकारका विभेद र उत्पीडनको अध्ययन गहन रूपले गर्छ । यस आलेखमा मसान’ नाटकमा नारी पात्रले भोगेको विभेद र उत्पीडनको अवस्था कस्तो छ ? भन्ने समस्यामा आधारित भई नाटकका पात्रमा तत्कालीन नेपाली समाजमा नारीहरूले भोगेका समस्याको विश्लेषण गर्ने उद्देश्य राखिएको छ । पुस्तकालय विधिबाट सामग्री सङ्कलन गरी तयार पारिएको यस लेखमा वर्णनात्मक विधि प्रयोग गरी तथ्य विश्लेषण गरिएको छ । यस लेखले मसान नाटकमा रहेको नारी उत्पीडनको अवस्थालाई शुक्ष्म ढङ्गले केलाउनुका अतिरिक्त नेपाली साहित्यका अन्य कृतिहरुमा नारी विभेदको विश्लेषणमा सहयोग गर्ने ठानिएको छ । लेखभित्र तत्कालीन समाजमा लिङ्गगत विभेदका कारण नारीहरूले भोग्नुपरेका उत्पीडनको विश्लेषण गरी निष्कर्षमा पुगिएको छ । नाटकमा तत्कालीन समाजमा लिङ्गका आधारमा नारीहरूले सामाजिक न्याय पाउन सकेका छैनन् । यस्तो अन्याय र उत्पीडनको आधार पितृसत्तात्मक समाज र पुरुष हैकमका कारण समाजमा निर्मित भएको लिङ्गविभेद रहेको छ । यस नाटकका लेखक पनि नारी यथार्थको चित्रणमा सीमित रहेको र उनले नारीलाई सकारात्मक विभेद गर्न नसकेको कुरालाई यसमा उल्लेख गरिएको छ ।

Full Text
Published version (Free)

Talk to us

Join us for a 30 min session where you can share your feedback and ask us any queries you have

Schedule a call