Abstract

प्रस्तुत अध्ययनमा सानु शर्माको विप्लवी उपन्यासमा अभिव्यक्त विचारलाई साहित्य समालोचना पद्धतिका प्रचलित अवधारणामध्ये लैङ्गिक पहिचान र प्रतिनिधित्वलाई आधार बनाई विश्लेषण गरिएको छ । जुडिथ बटलर, आल्थुसरका पहिचान र प्रतिनिधित्वसम्बन्धी अवधारणालाई आधार बनाई विवेच्य कृतिको विश्लेषण गरिएको छ । विश्लेषणका लागि पुस्तकालयीय अध्ययनका आधारमा सामग्री सङ्कलन गरी निगमनात्मक विधि अपनाई पाठविश्लेषण गरिएको छ । शर्माको विप्लवी उपन्यासमा पुरुषले नारीलाई कसरी आर्थिक, मानसिक र शारीरिक शोषण गर्छ भन्ने कुरा लैङ्गिक पहिचान र प्रतिनिधित्वका माध्यमबाट प्रस्तुत गरिएको छ । यसका साथै नारीहरूले सुरुमा बोल्न नसके पनि बिस्तारै अन्यायका विरुद्ध उत्रिएर आफ्ना आवाज बाहिर ल्याउन खोजेको, उनीहरूमा बिस्तारै आफ्नो अस्तित्व बारे चेतना विकास भएको कुरालाई उपन्यासमा प्रस्तुत गरिएको छ । समाजमा विद्यमान लैङ्गिक विभेदका कारण नारीहरू सधैँ पुरुषको अधीनमा बस्नुपर्ने कुरालाई नकारेर नारी पनि पुरुषसरह अघि बढ्न सक्छन् र आफ्नो पहिचान र प्रतिनिधित्वका लागि आफै कदम उठाउन सक्छन् भन्ने विचार उपन्यासमा प्रकट भएको निष्कर्ष यस अध्ययनको रहेको छ ।

Full Text
Published version (Free)

Talk to us

Join us for a 30 min session where you can share your feedback and ask us any queries you have

Schedule a call