Abstract
प्रस्तुत लेख नेपाली भाषाका अक्षर निर्धारणको संरचनात्मक आधार उल्लेख गर्ने र त्यस आधारमा कक्षा नौ को नेपाली भाषा पाठयपुस्तकका शब्दभण्डारको अक्षर संरचना पहिल्याउने उद्देश्यले तयार पारिएको हो । यस अध्ययनमा परिमाणात्मक ढाँचामा आधारित रहेर पुस्तकालयीय अध्ययनबाट पाठयपस्तकमा रहेका ३२८० ओटा अनावृत्त शब्दहरूको अक्षर संरचना पहिल्याई तिनको विश्लेषणबाट निष्कर्षमा पुगिएको छ । अक्षरीकरणका दृष्टिले यस पाठयपुस्तकका २७.३ प्रतिशत शब्दहरूमा अतिरिक्तवर्णहरू प्रयोग भएका कारण शब्दहरूको उच्चारणमा भिन्नता पाइन्छ । पाठयपुस्तकमा एकाक्षरी शब्द ८.५ पतिशत, दुई अक्षरी ४४.०८ प्रतिशत, तीन अक्षरी ३२.१३ प्रतिशत, चार अक्षरी १२.८३ प्रतिशत,पाँच अक्षरी २.१ प्रतिशत छ अक्षरी ०.३ प्रतिशत अनि सात अक्षरी शब्द ०.०३ प्रतिशत रहेका छन । यस आधारमा पाठयपुस्तकको शब्दभण्डार अक्षर सङख्याका दृष्टिले उपयुक्त देखिन्छ । शब्दहरूलाई अक्षरको प्रकृतिका आधारमा हेर्दा ब–वसँग सम्बन्धित ९.०८ प्रतिशत, श, ष, स सँग सम्बन्धित ७.५६प्रतिशत, क्ष सँग सम्बन्धित १.६१ प्रतिशत, ज्ञ सँग सम्बन्धित ०.३६ प्रतिशत, त्र सँग सम्बन्धित १.६२प्रतिशत, द्वित्व उच्चारण, अल्पप्राण आगम र अनुकरणमूल द्वित्व हुने शब्दहरू व्रमशः ४.३३, ०.४९ र१.३१ प्रतिशत अनि द्विस्वर संरचना भएका शब्दहरू ११.०९ प्रतिशत गरी ३७.४५ प्रतिशत शब्दहरूयस आधारमा उच्चारणगत भिन्न देखिन्छन । शब्दको उच्चारणमा हलन्त अजन्त उच्चारणका कारणसमेत उच्चारणमा भिन्नता आउँने हुँदा ती समेत समग्रमा चाहिँ ५८.९३ प्रतिशत शब्दहरूको उच्चारणर अक्षर संरचना भिन्न हुने तथ्यका आधारमा अक्षर निर्माणका दृष्टिले शब्दभण्डार जटिल रहेको निष्कर्षप्राप्त भएको छ । यस अध्ययन कार्यबाट वर्तमान नेपाली भाषा पाठयपुस्तकका शब्दहरूको अक्षरीकरणको आकलन हुनुका साथै शब्दभण्डारमा अक्षर संरचनागत सरलता खोजी गर्नुपर्ने तथ्यगत आधार प्राप्त भएको छ ।
Published Version (Free)
Talk to us
Join us for a 30 min session where you can share your feedback and ask us any queries you have