Abstract

प्रस्तुत लेख विद्यार्थीहरूको भाषा सिकाइ उपलब्धि क्षमताको परीक्षणमा केन्द्रित छ । यस लेखमा माध्यमिक तह अन्तर्गत मूलतः कक्षा नौमा अध्ययनरत विद्यार्थीहरूको भाषा सिकाइ क्षमताको परीक्षण गरी सिकाइ उपलब्धिको विश्लेषणसमेत गरिएको छ । प्रस्तुत लेखको उद्देश्य कक्षा नौमा अध्ययनरत विद्यार्थीहरूको भाषा सिकाइ क्षमता पत्ता लगाउनु रहेको छ । यस लेखको तयारीका क्रममा परिमाणात्मक अनुसन्धान ढाँचाको अनुप्रयोग गरिएको छ । यसमा स्थलगत अध्ययन पद्धतिको प्रयोग गरी सामग्री सङ्कलन गरिएको छ । यस लेखको तयारीका क्रममा प्राथमिक र द्वितीयक स्रोतबाट सामग्री सङ्कलन गरिएको छ । भाषा सिकाइ क्षमता सम्बन्धी जम्मा १६ पूर्णाङ्कको प्रश्नावली निर्माण गरी सामुदायिक र संस्थागत गरी चार विद्यालयका जम्मा ८० जना विद्यार्थीमा निर्मित प्रश्नावली परीक्षण गरी प्राप्त तथ्याङ्कको विश्लेषण गरिएको छ । विश्लेषण गर्दा विद्यार्थीहरूमा भाषा सिकाइ उपलब्धि (भाषातत्व पहिचान, प्रयोग र पठनबोध) क्षमता मध्यम खालको रहेको निष्कर्ष प्राप्त भएको छ । प्रस्तुत लेखले निर्दिष्ट विषय क्षेत्रमा अध्ययन, अनुसन्धान गर्न चाहने तथा यस विषयमा सरोकार राख्नेहरूलाई नीतिगत तथा प्रयोगात्मक तहमा सहयोग पुर्याउने विश्वास गरिएको छ ।

Full Text
Published version (Free)

Talk to us

Join us for a 30 min session where you can share your feedback and ask us any queries you have

Schedule a call