Abstract

प्रस्तुत अध्ययनमा लैङ्गिक अध्ययनअन्तर्गत नारीवादी समालोचनापद्धतिमा प्रचलित शरीर राजनीतिको अवधारणालाई आधार बनाएर गोविन्द गिरी प्रेरणाको ‘घोराही शून्य किलोमिटर’ कथामा भएको नारी शरीरमाथिको विभिन्न अवस्थाको प्रयोगको निरूपण गरिएको छ । लुसी इरिगेरी तथा मिसेल फुकोको शरीर राजनीतिसम्बन्धी अवधारणालाई मुख्य आधार बनाएर यस कथाको विश्लेषण गरिएको छ । पुस्तकालयीय अध्ययन कार्यबाट सामग्री सङ्कलन गरिएको प्रस्तुत अध्ययनमा पाठविश्लेषणका लागि निगमनात्मक विधि अवलम्बन गरिएको छ । प्रस्तुत शोध्य कथामा वादी समुदायका नारीहरू जीवन धान्नकै लागि यौन व्यवसाय गर्न बाध्य पारिएका र उनीहरूको बाध्यतालाई पितृसत्ताको प्रतिनिधित्व गर्ने पुरूषहरूले विभिन्न अवस्थाबाट उपभोग गरिरहेको देखाइएको छ । यस अध्ययनले कथामा नारी शरीरको वस्तुकरण गरी पुरूषबाट भएको शोषण र विभेदको अवस्थाको प्रतिरोध गर्दै स्वअस्तित्वको खोजी गर्ने नारी चेतनाको विकास हुन पुगेको निष्कर्ष प्रस्तुत गरेको छ ।

Full Text
Published version (Free)

Talk to us

Join us for a 30 min session where you can share your feedback and ask us any queries you have

Schedule a call