Abstract

ऋषिमुनि, दार्शनिक, चिन्त्तक एवम् पूर्वजहरुले संस्कृतिलाई जीवनको मूल आधार मानेको देखिन्छ । उनीहरुले कुमारीलाई ‘प्रत्यक्ष वा जिवित देवी’ को रुपमा लिन्छन् । यस लेखमा गुणात्मक विधिमा आधारित ग्राउण्डेड पद्धतीको उपयोग गरि बहु–श्रोतवाट सूचनाहरु सङ्कलन गरिएको छ । तत्कालिन ढाँचाको उपयोग गरि बहु–सूचनाको उपयोग भएको छ । स्नोवल नमूना छनोट विधिको अवलम्बन गरिएको छ । विभिन्न स्रोतबाट प्राप्त सूचनाहरु लिइसकेपछि त्यसलाई वहु–दृष्टिकोणमा आधारित भएर ब्याख्या गरिएको छ । नेपालको जीवित कुमारी परम्परालाई विश्वकै दुलर्भ मानिएको छ । राजा त्रैलोक्य मल्लको समयदेखि शाक्य कुलको कन्यालाई कुमारी बनाई तुलजा भवानीको प्रतिक मानी पूजा गर्ने चलनको शुरुवात भएको हो । जयप्रकाश मल्लले वि.स. १८१३ मा कुमारी घरसँगै तीन तले पगोडा शैलीको रथ निर्माण गरि भदौं शुक्ल चतुर्दशी र पूर्णिमा रथ यात्रा चलाए । श्री ३ जंगबहादुर रणाले आश्विन कृृष्ण चौथीमा नानिचा या भनी थप एक दिन रथ सुरु गरे । यसरी कुमारीको रथ तीन दिन यात्रा गर्ने परम्परा बसेको हो । कुमारीलाई बौद्ध तथा हिन्दुहरुले दुवैको धार्मिक सहिष्णुताका प्रतिक मानिन्छन् । देवी भगवती जगदम्वा भवानी कुमारीको पूजा उपासना गर्ने पहिलो देव अवतारी महापुरुष भगवान् श्रीकृष्ण रहेको ग्रन्थहरुको अध्ययनबाट देखिन्छ । रातो मत्स्येन्द्रनाथको बुंगमतीमा प्रवेशसंगै सद्य कुमारी स्थापना गरेकोले यसलाई नै सर्वप्राचिन मानिन्छ । मल्ल राजाहरुले तुलजा भवानीलाई आफ्ना इष्टदेवीको रुपमा लिन्थे । कुमारी घरको ढोका, झयाल, तोरण, थाम आदि सवै सुन्दर कलाकृतिले भरिएका छन् । उत्तराभिमुख भएको झिंगटी छाना छाएको यस घरको मूलद्वारबाट प्रवेश गर्ने वित्तिकै देखिने सानो र चिटिक्क परेको ढुंगा छापिएको चारकुने चोक रहेको छ । कुमारी घरको चारैतिर विभिन्न देवदेवीका सा–साना मन्दिर र चैत्यहरु अवस्थित छन् । कुमारी घरको बाँयातिर श्री त्रैलोक्य मोहन नारायणको विशाल मन्दिर अवस्थित रहेको छ ।

Full Text
Published version (Free)

Talk to us

Join us for a 30 min session where you can share your feedback and ask us any queries you have

Schedule a call