Abstract

प्रस्तुत लेख भक्तपुर क्वाछें टोलको चण्डीभगवती मन्दिर परिसरका कलाकृतिका बारेमा साँस्कृतिक प्रत्यक्षवाद अवधारणा अनुसार तयार पारिएको हो । यो लेख खोजमूलक रुपमा प्रत्यक्ष स्थलगत अवलोकन गरेर तयार गरिएको छ । भक्तपुरको प्रसिद्ध ङातापोल, भैरवमन्दिर र तिलमाधव नारायण मन्दिरबाट करिब १५० मिटर पूर्व क्वाछेंमा एक तहको तल्ले (प्यागोडा) शैलीको चण्डी भगवती मन्दिर रहेको छ । यो मूर्ति नेपालका प्रख्यात भगवतीका अन्य मूर्तिभन्दा पृथक, दुर्लभ र प्राचिन देखिन्छ । चण्डी भगवतीको हातमा रहेको तिनवटा त्रिशुलहरुले महिषासुर लगायत चण्ड र मुण्डलाई पनि छात्तीमा प्रहार गरेर बध गरेका चित्रण गरिएको छ । यो विशेषता नेपालका अन्य दुर्गा मूर्तिहरुमा दुर्लभ मात्र पाइन्छ । चण्डी भगवती मूर्तिमा मूर्त धर्म र शास्त्रको आधारमा बनेको कथालाई हुबहु जिवन्त रुपमा उतारिएको देखिन्छ । यसको मूल गर्भगृहमा शिवको मूर्ति रहनुले अध्यनलाई थप रोचक बनाएको छ । यो अध्ययन गुणात्मक सोध विधि तथा ग्राउन्डेड थ्योरी अनुसार प्रत्यक्ष स्थलगत अवलोकन गरेर पूरा गरिएको छ । यो अध्ययन मूर्तिकला, वास्तुकलाको बिशेषता बारेमा प्रतिकात्मक सिद्वान्तको प्रयोग गरेर पूरा गरिएको छ । प्राप्त तथ्याङकहरुलाई विश्लेषण र तुलना गरेर सत्यताको जाँच गरिएको छ । यसमा प्राथमिक र द्धितियक दुवै प्रकारका स्रोतको प्रयोग गरिएको छ । मूलरुपमा भगवती मन्दिर भनिएता पूर्व दिशामा शिवलिङ्गको जलहरि, दक्षिण दिशामा नृत्यमुद्राको गणेश र पश्चिम दिशामा मूल गर्वगृहमा शिवलिङ्ग रहनुले सो भगवती मन्दिरको वास्तुकलाको विशिष्टता मानिएको छ ।

Full Text
Published version (Free)

Talk to us

Join us for a 30 min session where you can share your feedback and ask us any queries you have

Schedule a call