Abstract
शर्माको विकीर्ण चिन्तनका टुक्राटाक्री शीर्षकको यस अनुसन्धानात्मक लेखमा शिक्षण पेसामा चार दशकभन्दा लामो समयावधि व्यतीत गरेका फाल्गुणी शर्मा तिमल्सिना जीवनमा आफूले देखेका र भोगेका घट्ना र विषयलाई आÇनो विकिरण चिन्तनका टुक्राटुक्री कृतिमार्फत सार्वजनिक गर्न पुग्छन् । उनको यस कृतिमा स–साना २६ ओटा निबन्धात्मक लेखहरू सङ्कलन गरिएको छ । ओझेलमा परेका साहित्यकार र लेखकलाई खासै महŒव नदिने नेपालका प्राज्ञिक क्षेत्र, प्रकाशन गृह र आमसञ्चारका माध्यममा चर्चामा नआएका शर्मा र उनको यो कृति अरूका लागि सामान्य भए पनि यस कृतिमा सङ्ग्रहित लेखहरूले एउटा शिक्षकको चस्माबाट देखिनसक्ने दृष्य समेट्ने प्रयास गरेको छ । मोफसलमा रहेर नेपाली भाषा, संस्कृतिका विविध परिधिलाई पर्गेल्न शर्माको यस कृति पूर्ण रुपमा सफल नभए पनि सहयोगी भने रहेको छ । कृतिको परिचयमा नै शर्माले यसभित्रका लेखहरूलाई क्वाँटीको रूपमा परिचित गराएका छन् । उनको यस क्वाँटी मिश्रणमा तितो, मीठो, अमिलो आदि स्वाद लेखनमा पनि झल्किएको छ । यो अनुसन्धानात्मक लेख मुख्य रूपमा शर्माको कृतिका २६ ओटा लेख रचनामा आधारित भएर तिनै लेखहरूको अति सङ्क्षिप्त विवरणात्मक विश्लेषण गरी तयार पारिएको छ । यो लेख तयार पार्न पुस्तकालयीय अध्ययनमार्फत द्वितीयक स्रोत र स्वयम् कृतिकारसँगको सम्पर्कबाट प्राथमिक स्रोत सामग्री सङ्कलन गरी यो अनुसन्धानात्मक लेख तयार पारिएको छ । शब्दकुञ्जीः मोफसल, क्वाँटी, शर्मा, रचना, संस्कृति
Talk to us
Join us for a 30 min session where you can share your feedback and ask us any queries you have
Similar Papers
Disclaimer: All third-party content on this website/platform is and will remain the property of their respective owners and is provided on "as is" basis without any warranties, express or implied. Use of third-party content does not indicate any affiliation, sponsorship with or endorsement by them. Any references to third-party content is to identify the corresponding services and shall be considered fair use under The CopyrightLaw.