Abstract

नेपाली शैक्षिक संस्कृति शिक्षक र विद्यार्थी एकैठाउँ भेला भएर सिक्ने सिकाउने प्रत्यक्ष शिक्षण प्रक्रियमा आधारित छ । यो परम्परा गुरूकुल शिक्षादेखि हालको औपचारिक शिक्षा प्रणालीसम्म कायम रहेको छ । वर्तमान परिवेशमा विकसित शिक्षाका नवीनतम चिन्तन र प्रविधिहरूको प्रयोगमा खासै कसैको चासो नपुगिरहेको सन्दर्भमा सन २०१९ को डिसेम्बरदेखि चीनको हुवान प्रान्तबाट शुरुवात भएको कोरोनाको महामारी र त्यसका कारण बन्दाबन्दीमा रहेको विद्यालयीय शिक्षामा शिक्षाको वैकल्पिक विधिका रूपमा अनलाइन शिक्षा प्रयोगमा आएको छ । यो लेख बन्दाबन्दीका कारण बन्द रहेका नेपालका विद्यालयहरूमा सञ्चालनमा रहेका अनलाइन कक्षाहरूमा कक्षा व्यवस्थापन, विद्यार्थीको पहुँच, प्रविधि प्रयोग, शिक्षण विधि, शैक्षिक सामग्रीको प्रयोग, कक्षाकार्य, गृहकार्य, उपलब्धिको लेखाजोखालाई कक्षा ६ मा अध्ययन गर्ने विद्यार्थीको आँखाबाट खोतल्ने प्रयास गरिएको छ । छलफललाई सान्दर्भिक र अर्थपूर्ण बनाउन विभन्न लेख तथा रचनाहरूको पुनरावलोकन, सिकाइका सिद्धान्तबाट प्राप्त अन्तर्दृष्टि एवम्म् लेखकका अनुभावात्मक चिन्तनहरूको विश्लेषण गरिएको छ । यो लेख ग्लेसरको ग्राउण्डेड सिद्धान्तमा आधारित भई गुणात्मक अनुसन्धानविधिबाट तयार गरिएको छ । अनलाइन अन्तर्वार्तालाई साधन बनाई तथ्याङ्क सङ्कलन गरी नतिजा विश्लेषण गरिएको छ । अन्तर्वार्ताका क्रममा सहभागी विद्यार्थीहरूबाट प्राप्त सूचनाअनुसार शिक्षण सिकाइका विभिन्न आयामहरूमा अनलाइन शिक्षाको प्रभावकारीता पूष्टि गराएकोले शिक्षाको वैकल्पिकविधिका रूपबाट अनलाइन शिक्षा प्रभाकारी रहेको निचोड निकालिएको छ । साथै नेपालमा औपचारिक शिक्षाको परम्पराभित्र उपयुक्त विकल्पको रूपमा अनलाइन शिक्षालाई प्रयोगमा ल्याई संस्थागत गर्न सुझावसमेत दिइएको छ l

Full Text
Published version (Free)

Talk to us

Join us for a 30 min session where you can share your feedback and ask us any queries you have

Schedule a call