Abstract

प्रस्तुत लेख ‘पिँजराको सुगा’ कवितामा ध्वनि मूलसमस्यामा केन्द्रित छ । यस शोधसमस्याको समाधानका लागि पाठविश्लेषण केन्द्री गुणात्मक अनुसन्धान िवधि तथा विश्लेषणको सैद्धान्तिक पर्याधार र विश्लेषणविधिका लागि संस्कृत काव्यचिन्तनअन्तर्गतको ध्वनिसिद्धान्तलाई उपयोग भएको छ । संस्कृत काव्यचिन्तनमा साहित्यको विश्लेषण गर्ने ध्वनिवादी सिद्धान्तका आफ्नै पाठविश्लेषणका प्रतिमान रहेका छन् । ध्वनिवादीहरूको मतमा साहित्यका अन्य तŒवसँगको सम्बन्धका आधारमा वस्तुध्वनि, अलङ्कारध्वनि र रसध्वनि तथा शब्दार्थ सम्बन्धका आधारमा अविवक्षित वाच्यध्वनि र विवक्षितान्यपरवाच्यध्वनिका आधारमा कृतिको मूल्याङ्कन गर्ने विषय हुन् । शब्द र अर्थले दिने साङ्केतिक अर्थभन्दा पृथक् प्रतीयमान वा अप्रस्तुत अर्थका रूपमा अविवक्षित वाच्यध्वनि र विवक्षितान्यपरवाच्यध्वनिको प्रभावकारी संयोजन भएको कविताका रूपमा पिँजराको सुगा कविता ध्वनिवादका कोणबाट अध्ययनीय सामग्री हो । यस कवितामा अविवक्षित वाच्यध्वनि राणाकालीन एकात्मक व्यवस्थाभित्र सिङ्गो मानव समाज दासवत् र चेतनाविहीन रहेको विषयलाई बालक सुगाको पिँजरायात्रा र उक्त यात्राका कठिनाइलाई मानवजीवनको यथार्थसँग सामञ्जस्य र सामान्यीकरण गरी मानवमुक्तिको चाहना प्रतिध्वनित गर्ने सन्दर्भमा प्रस्तुत भएको छ । विवक्षितान्यपरवाच्यध्वनि जीवनको नश्वरताबोधसम्बन्धी ज्ञानको प्रसारण शरीर र आत्मा तथा आत्मा र परमात्माबीचको सम्बन्धमा आत्मा परमात्माबीचकै सम्बन्ध मोक्षको कारक रहेको तथा आत्मतŒवले शरीरबाट छुटकारा पाउनु नै मोक्षको मार्ग रहेको व्यङ्ग्यार्थरूपमा अभिव्यञ्जित भएको छ । ध्वनिपरक मूल्याङ्कनका दृष्टिले यस कवितामा वस्तुध्वनिका रूपमा नेपाली समाजको बन्धनकारी पर्यावरण, अलङ्कारध्वनिका रूपमा विषय र विषयीलाई एकाकार गरी प्रस्तुत गरिएको समासोक्तिप्रधान कथन तथा रसध्वनिका रूपमा विषय, विषयी र विभावादिको मानसिक पीडाका अन्तर्यमा करुणरस प्रतिपाद्य रहेको विषयमा विमर्श भएको छ ।

Full Text
Published version (Free)

Talk to us

Join us for a 30 min session where you can share your feedback and ask us any queries you have

Schedule a call