Abstract

नेपाली साहित्यका प्रमुख चार विधा कविता, आख्यान, निबन्ध र नाटक रहेका छन् । तीमध्ये आख्यानअन्तर्गत कथा रहेको छ । यस लेखमा कथाको विकासक्रम, प्रमुख धारा र प्रवृत्तिहरूलाई पहिल्याउने उद्देश्य राखिएको छ । यसमा अध्ययनको विषय नेपाली कथाको इतिहास भएको हुनाले यसलाई ऐतिहासिक अध्ययन पद्धतिका आधारमा कालखण्डहरूको विभाजन गरी कथाको विकासमा देखिएको मोडहरू र त्यस मोडमा रहेका प्रमुख प्रतिभा, प्रवृत्ति तथा धारागत पहिचान गरिएको छ । नेपाली कथाको विकासक्रमको समयावधि निश्चित गर्न र त्यसको वैधताका लागि नेपाली साहित्यको इतिहाससँग सम्बद्ध पुस्तकहरू र नेपाली कथासाहित्यसँग सम्बन्धित पुस्तकहरूलाई आधार बनाइएको छ । नेपाली कथाको प्राथमिक र माध्यमिक कालको सन्दर्भमा खासै मतभेद नभए पनि आधुनिककालका धाराको विकासमा भने केही मतभेद अवश्य छ । यसमा एक हदसम्म नेपाली कथाको विकासमा देखिएका केही मतमतान्तरहरलाई पनि स्पस्ट पार्ने कार्य गरेको छ । यस लेखमा कुनै धारा वा प्रवृत्तिको आगमनले अर्को धारा वा प्रवृत्तिलाई पूरै निमिट्यान्न बनाउन नसक्ने र एक धारा वा प्रवृत्तिको निरन्तरतामा पूर्ववर्ति विशेषताहरूले पनि आवश्यकमात्रामा निरन्तरता पाइरहने विषयलाई जोड दिएको छ । त्यस्तै यस लेखमा नेपाली कथाको विकास प्राथमिक, माध्यमिक र आधुनिक तीन कालखण्डमा विभाजन गर्न उपयुक्त हुने निष्कर्ष रहेको छ ।

Full Text
Published version (Free)

Talk to us

Join us for a 30 min session where you can share your feedback and ask us any queries you have

Schedule a call