Abstract

प्रस्तुत लेखमा बसाइँ उपन्यासमा अभिव्यञ्जित लेखकीय विचारधाराको खोजी र विश्लेषण पाठविश्लेषणात्मक गुणात्मक अनुसन्धानविधिमा भएको छ । विचारधाराको विषय आदिकालमा गुरुशिष्य परम्परामा भएको विमर्शात्म परम्पराबाट विकसित भए पनि वर्तमान विचारधाराको विकासमा माक्र्सवादको योगदान रहेको छ । पछिल्लो समय माक्र्सवादसँगको अन्तर्मथनमा माक्र्सवादी तत्त्वको समर्थन र विरोधसहित ग्राम्सी र अल्थ्युसरले यसको सैद्धान्तिक आधार निर्माण गरेका छन् । मूलभूत रूपमा राजनीतिक विषय भए पनि साहित्यिक सन्दर्भमा विचारधाराको विषय साहित्यकारले साहित्यिक पाठमा सहभागीका विचार, कथ्यको मूलभाव, लेखकको दृष्टिकोण वा सारतत्त्वमा निहित भाष्यको विश्लेषण गरी प्रकाशमा ल्याउने विषय रहेको छ । सामाजिक संरचनाको वर्णनका क्रममा समाजका किनारीकृत समुदायको पक्षमा नरही वर्गीय, जातीय र लैङ्गिक रूपमा समाजमा उपेक्षित रहेको वर्ग उनको भाग्य र नियतिका कारण समाजबाट विस्थापित हुनुपरेको निष्कर्ष निकालेका उपन्यासकारले परिवर्तित राजनीतिक सन्दर्भलाई आत्मसात् नगरी सामन्तवादी सत्ताले उत्पादन गरेको ज्ञानलाई अभ्यन्तरित रूपमा अङ्गीकार गरेका छन् । यस लेखले सत्ताप्रदत्त ज्ञानलाई प्रसारण गर्ने परम्परित बुद्धिजीवीको भूमिका निर्वाह गरेका लेखकको विचारधारा समाजिक संरचनामा सत्तापरस्त तथा समाजमा सामन्तवाद, पितृसत्ता र उच्चजातीय विचारधाराको पक्षधर रहेको विषयमा विमर्श भएको छ ।

Full Text
Paper version not known

Talk to us

Join us for a 30 min session where you can share your feedback and ask us any queries you have

Schedule a call

Disclaimer: All third-party content on this website/platform is and will remain the property of their respective owners and is provided on "as is" basis without any warranties, express or implied. Use of third-party content does not indicate any affiliation, sponsorship with or endorsement by them. Any references to third-party content is to identify the corresponding services and shall be considered fair use under The CopyrightLaw.