Abstract

प्रस्तुत आलेखमा समकालीन नेपाली निबन्धलाई पाठका रूपमा लिई त्यसमा प्रयुक्त विचारतत्त्वका विभिन्न पक्षहरूको विश्लेषण र मूल्याङ्कन गरी उक्त निबन्धहरूमा अभिव्यञ्जित वैचारिकताका विविध पक्षको निरूपण गरिएको छ । समकालीन नेपाली निबन्धका प्रतिनिधिमूलक रचनालाई चयन गरी विश्लेषण गरिएको यस लेखमा आत्मपरक निबन्धमा प्रयोग भएर आएका विचारपक्षहरूमध्ये जीवन र जगत्सम्बन्धी विचार, अस्तित्वसम्बन्धी विचार र समाजसम्बन्धी विचारको अध्ययन र विश्लेषण गरी समकालीन नेपाली निबन्धमा प्रयुक्त विचारलाई स्थापित गर्नु यस लेखको उद्देश्य हो । समकालीन नेपाली निबन्धका रूपमा २०४६ यता लेखिएका नेपाली निबन्धलाई मानिएको छ । यहाँ समकालीन निबन्धहरूको प्रतिनिधिमूलक रचनालाई विश्लेषण गर्नका लागि विचारपक्षका आधारभूत मान्यतालाई सैद्धान्तिक ढाँचाका रूपमा अवलम्बन गरी सोद्देश्यमूलक नमुना छनोट पद्धतिबाट पाठगत तथ्याङ्क सङ्कलन गरी सघन विश्लेषण गरिएको छ । यसका निम्ति समकालीन नेपाली निबन्धमा विषयका रूपमा प्रयुक्त जीवन र जगत्सम्बन्धी विचारका लागि पौरस्त्य दर्शन, अस्तित्वसम्बन्धी विचारका लागि पाश्चात्य अस्तित्ववादी दर्शन र सामाजिक पक्षसँग सम्बद्ध समाजशास्त्रीय चिन्तनका विचारगत सन्दर्भलाई सैद्धान्तिक ढाँचाका रूपमा उपयोग गरी वर्णनात्मक तथा व्याख्यात्मक विधिद्वारा विश्लेषण गरिएको छ । आत्मपरक शैलीमा लेखिएका समकालीन नेपाली निबन्धमा आएका विषयहरूमा यथार्थको प्रकटीकरणका साथै त्यसमा विचारतत्त्व पनि सबल रूपमा प्रस्तुत भएको छ र यसले समकालीन नेपाली निबन्धलाई गम्भीर, बहुविषयक र प्रभावकारी बनाएको छ भन्ने निष्कर्ष निकालिएको छ ।

Full Text
Published version (Free)

Talk to us

Join us for a 30 min session where you can share your feedback and ask us any queries you have

Schedule a call