Abstract
प्रस्तुत अनुसन्धानात्मक आलेख सङ्कथन विश्लेषणका क्षेत्रमा केन्द्रित छ । विश्वेश्वरप्रसाद कोइरालाद्वारा लिखित ‘कर्नेलको घोडा’ कथाको सङ्कथन विश्लेषण गर्नु प्रस्तुत अनुसन्धानको उद्देश्य हो । अनुसन्धानमा गुणात्मक ढाँचा, व्याख्यावादी दर्शन र सङ्कथन विश्लेषण सिद्धान्तको उपयोग गरिएको छ । ‘कर्नेलको घोडा’ कथालाई प्राथमिक स्रोत र पत्रपत्रिका, सन्दर्भ पुस्तकजस्ता द्वितीयक स्रोतबाट तथ्याङ्क सङ्कलन गरी तिनको लम्बीय र क्षितिजीय आधारमा अध्ययन विश्लेषणका साथ अनुसन्धेय कार्य पूरा गरिएको छ । पूर्व अध्येतासँग संवाद गर्दै सामान्यीकरण गरिएको प्रस्तुत आलेखको प्राप्तितर्फ दृष्टि दिँदा ‘कर्नेलको घोडा’ कथामा सङ्कथनका प्रशस्त आधार भेटिन्छन् । कथामा सम्बद्धक अन्तर्गत व्याकरणिक सम्बद्धकहरु (सार्वनामिक, स्थानिक, कालिक, संयोजन, प्रतिस्थापन, लोप, निपात) र कोशीय सम्बद्धक (पर्याय, विपर्याय, समावेश्य–समावेशक, पुनरावृत्ति, सन्निधान, शृङ्खलाबोधक, पारिभाषिक) को उपयोग उपयुक्त देखिन्छ ।यसैगरी सम्बद्र्धन अन्तर्गत सामान्य विशिष्ट, विशिष्ट सामान्य, कार्य कारण, कारण कार्य, प्रभाव परिणाम, परिणाम–प्रभाव, घटना परिवेश, परिवेश घटना, आर्थी विपर्याय, तुलनात्मक जस्ता पक्षहरुको उपयोग पनि सान्दर्भिक देखिन्छ । कथालाई सामाजिक सम्बन्धले पनि संसक्त बनाएको छ । यस आधारमा प्रस्तुत अनुसन्धानमूलक लेख सङ्कथन विश्लेषणसँग सम्बन्धित पाठकहरुका लागि उपयोगी रहेको छ ।
Talk to us
Join us for a 30 min session where you can share your feedback and ask us any queries you have