Abstract

यस अध्ययनको उद्देश्य त्रिभुवन विश्वविद्यालयले लिने विभिन्न परीक्षाका प्रश्नपत्रहरूमा निहित विषयगत वैधताको गुणलाई विश्लेषण गर्नु हो । यो अध्ययन तार्किक विश्लेषणमा आधरित छ । यसमा त्रिभुवन विश्वविद्यालय बि.एड. तहको तेस्रो वर्षमा अध्यन–अध्यापन गरिने पाठ्यक्रम र मूल्याङ्कन ९भ्म। द्धघज्ञ० विषयको वार्षिक परीक्षामा सोधिएका प्रश्नहरूको अध्ययन एवम् विश्लेषण गरिएको छ । विगत तीन वर्ष २०७६ देखि २०७८ सम्मका प्रश्नपत्रलाई अध्ययनको विषय बनाइएको छ । परीक्षामा सोधिएका प्रश्नहरूमा कुन हदसम्म सबै एकाइको प्रतिनिधित्व भएको भन्ने कुराको विश्लेषण तार्किक रूपमा गरिएको छ । यस अध्ययनले असल परीक्षणका विशेषताहरूको शिक्षण गर्ने त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र सङ्कायका शिक्षकहरूले निर्माण गरेका प्रश्नपत्रहरूको एकाइगत प्रतिनिधित्वको पक्षबाट हेर्दा र अङ्क विभाजनल।ई हेर्द विषयगत वैधता कमजोर रहेको देखियो भने पछिल्ला वर्षका प्रश्नहरूमा चाहिँ सुधारोन्मुख अवस्था देखिएको, ती प्रश्नहरूलाई अझ राम्रो बनाउनका लागि प्रश्न निर्माणकर्ताहरूले विशिष्टीकरण तालिका निर्माण गरेर सोका आधारमा मात्र प्रश्न निर्माण गराउनुपर्ने र निर्माण भएका प्रश्नपत्रहरूलाई विशेषज्ञहरूको समूहले विषयगत वैधताको जाँच गराएर मात्र परीक्षामा प्रयोग गर्ने परम्पराको सुरूवात गर्नुपर्ने निष्कर्ष प्रस्तुत गरिएको छ । {The main purpose of this study is to analyze the quality of subjective legality in the TU questions. This study is based on logical analysis. In this article, it is studied and analyzed on the curriculum and evaluation of B.Ed. 3rd year (Ed. 431) TU question. The subject matter of the study includes the questions of the last three years (2076-2078 B.S.). The prime focus of this study is to analyze how each of the units of the text has been addressed. Further, this studies on the question set by the qualified University teachers on the basis of unit wise representation of the text. The findings of this article are as follows:a. Weak subjective legality in the question marks weightageb. Improve of the questions in the later yearsc. Need of Specialization Table to standardize the questionsd. Form the questions on the basic of the only Specialization Tablee. Introduce the tradition of the questions in the examination scrutinized by the subjects forthe subjective legality.}

Full Text
Paper version not known

Talk to us

Join us for a 30 min session where you can share your feedback and ask us any queries you have

Schedule a call

Disclaimer: All third-party content on this website/platform is and will remain the property of their respective owners and is provided on "as is" basis without any warranties, express or implied. Use of third-party content does not indicate any affiliation, sponsorship with or endorsement by them. Any references to third-party content is to identify the corresponding services and shall be considered fair use under The CopyrightLaw.