Abstract

प्रस्तुत लेख स्थानीय पाठ्यक्रमको कार्यान्वयनको अवस्था, पाठ्यक्रमको आवश्यकता, प्रभावकारिता, कार्यान्वयनमा देखिएका समस्या र समाधानका उपायहरू प्रस्तुत गर्ने उद्देश्यले अध्ययन गरिएको छ । इलाम जिल्ला फाकफोकथुम गाउँपालिकाअन्तर्गत चारवटा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरू, स्थानीय पाठ्यक्रम विषय अध्यापन गर्ने शिक्षकहरू, शिक्षाशाखा प्रमुख र १० जना विद्यार्थीहरूलाई नमुनाको रूपमा छनोट गरिएको छ । प्रधानाध्यापक, शिक्षक र शिक्षाशाखा प्रमुख तथा साविकका स्रोत ब्यक्तिलाई अन्तर्वार्ता, प्रश्नावली, विद्यार्थीहरूसँग छलफल तथा कक्षाकोठा अवलोकन गरी आएका कुराहरूलाई तथ्याङ्कको रूपमा समावेश गरिएको छ । प्राप्त तथ्याङ्कको वर्णनात्मक ढाँचामा ब्याख्या तथा विश्लेषण गरिएको छ । अध्ययनको क्रममा प्राप्त सूचनालाई विश्लेषण गर्दा छनौटमा परेका विद्यालयहरूमा स्थानीय विषयका रूपमा मातृभाषा र अंग्रेजी तथा कम्प्युटर विषय समेटेर स्थानीय पाठ्यक्रमको रूपमा पढाइ भइरहेको र सो विषय शिक्षण गर्न छुट्टै विषय शिक्षकको कमी रहेको पाइयो । स्थानीय विषय छनोट गर्दा शिक्षाशाखा प्रमुखको सल्लाह बमोजिम प्रधानाध्यापक ,शिक्षकहरू, अभिभावकहरू, र स्थानीय नेतृत्व संलग्न रहेको पाइयो । स्थानीय विषय शिक्षण गर्ने क्रममा शैक्षिक सामग्रीको प्रयोगको अवस्था र उपलब्धता सन्तोषजनक नरहेको, स्थानीय विषय शिक्षणको अनुगमन तथा मूल्याङ्ककन प्रधानाध्यापकले एक वा दुई महिनामा एक पटक गर्ने गरेको पाइयो । छनौटमा परेको विद्यालयहरूले हालको मूल्याङ्कन प्रणालीहरूलाई भन्दा परम्परागत मूल्याङ्कन प्रणालीलाई प्रयोगमा ल्याएको, स्थानीय विषय शिक्षणको लागि स्थानीय विषय पढाउन शिक्षकलाई आवश्यक तालिम तथा सेवा सुविधाको व्यवस्था नभएको साथै शिक्षण सिकाई प्रक्रिया प्रभावकारी हुन नसकेकोले यसको कार्यान्वयनमा सवै सरोकारवाला निकायहरूको ध्यान जान आवश्यक छ ।

Full Text
Paper version not known

Talk to us

Join us for a 30 min session where you can share your feedback and ask us any queries you have

Schedule a call

Disclaimer: All third-party content on this website/platform is and will remain the property of their respective owners and is provided on "as is" basis without any warranties, express or implied. Use of third-party content does not indicate any affiliation, sponsorship with or endorsement by them. Any references to third-party content is to identify the corresponding services and shall be considered fair use under The CopyrightLaw.