Abstract

प्रस्तुत अध्ययन कथाकार गुरुप्रसाद मैनालीद्वारा लिखित ‘नासो’ कथासङ्ग्रहभित्र राखिएको ‘परालको आगो’ कथामा रसविधानको अध्ययन विश्लेषणमा केन्द्रित छ । गुरुप्रसाद मैनालीको ‘परालको आगो’ कथामा रसको प्रयोग रस सिद्धान्तका आधारमा केलाउनु यसको मूल उद्देश्य रहेको छ । पूर्वीय साहित्य सिद्धान्तमा आधारित भएर यस अध्ययनलाई भरतको रससिद्धान्तका कोणबाट विश्लेषण गरिएको छ । कथामा प्रयुक्त भनाइको गाम्भीर्यता र रसको सङ्गठनलाई उक्ति वैचित्यका आाधारमा अध्ययनको केन्दविन्दु बनाइएको छ । नेपाली ग्रामीण समाजका निम्न वर्गीय मानिसहरुको जीवन भोगाइलाई चामे र गौथलीका माध्यमबाट दैखाउँदै लोग्नेस्वास्नीको झगडा ‘परालको आगो’ भन्ने उक्ति चरितार्थ गरेको छ । यसकथामा शृङ्गार रस र रौद्र रसको प्रयोगको अवस्थाको विश्लेषण गरिएको छ । यो लेख गुणात्मक अध्ययनमा आधारित छ । पुस्तकालयीय कार्यबाट सामग्रीको अध्ययन विश्लेषण गरिएको यस लेखमा विशेष गरी ‘परालको आगो’ कथामा रस विधानको पहिचानलाई मूल आधार बनाइएको छ । समग्रमा यस अध्ययनमा परालको आगो कथामा रस विधानका दृष्टिकोणले शृङ्गारिक र रौद्र रसको प्रयोगको अवस्था के कस्तो रहेको छ भन्ने निष्कर्ष निकालिएको छ ।

Full Text
Published version (Free)

Talk to us

Join us for a 30 min session where you can share your feedback and ask us any queries you have

Schedule a call