Abstract

भूपी शेरचन आधुनिक नेपाली कविता साहित्यका चर्चित कवि प्रतिभा हुन् । आधुनिक नेपाली कविता धाराको स्वच्छन्दतावादी–प्रगतिवादी धाराका सशक्त गद्यकवि शेरचनका नयाँ झ्याउरे (२०१०), निर्झर (२००५) र घुम्ने मेचमाथि अन्धो मान्छे (२०२६) कविता सङ्ग्रहहरू प्रकाशित रहेका छन् ।विविध विषयमा प्रभावशाली कविता रचना गर्न सक्ने शेरचनका कवितामा स्वच्छन्दतावादी, प्रगतिवादी, गद्यलयात्मकता, व्यङ्ग्य विद्रोही चेतना, मानवतावाद, प्रकृतिप्रेम, सामाजिक युगबोध, राष्ट्रियता र बिम्ब प्रतीकात्मकता जस्ता प्रवृत्तिहरू पाइन्छन् । ‘हामी’ भूपी शेरचनको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ (२०२६) कविता सङ्ग्रहमा सङ्कलित प्रसिद्ध गद्य कवता हो, जसमा हामी मानवभित्रका विकृति र विसङ्गतिलाई व्यङ्ग्यात्मक प्रस्तुति गरिएको छ । नेपाली जाति पराश्रित बन्दै गएका कारणउसको अस्तित्व समाप्त हुँदै गएको विषयसँगै हामीभित्रको हामीपनलाई चिन्न नसकी आजको मान्छेएकलव्य बनेकाप्रति कवितामा व्यङ्ग्य गरिएको छ । विभिन्न बिम्बप्रतीकहरूको सहज प्रस्तुति रहेकोकवितामा आजको समसामयिक विकृति–विसङ्गतिप्रति असन्तुष्टि जनाइएको छ । उनको हामी कविताउच्च व्यङ्ग्यचेतनाले भरिएको कविता भएको स्पष्ट हुन्छ ।

Full Text
Published version (Free)

Talk to us

Join us for a 30 min session where you can share your feedback and ask us any queries you have

Schedule a call