Abstract

प्रस्तुत लेख ‘विद्यालयमा दिवा खाजा कार्यक्रमको व्यवस्थापन’ भन्ने शीर्षकमा तयार पारिएको छ । यसको मुख्य उद्देश्य खाजा कार्यक्रम व्यवस्थापनको वर्तमान अवस्था पहिचान गरी देखिएका समस्या समाधानको उपाय खोजी गर्नु रहेको छ । यो अध्ययन मूलतः धनकुटा जिल्लाको पाख्रीबास नगरपालिका भित्रका १–५ संचालित प्राथमिक विद्यालय श्री जनता प्रा.वि. दाङसिङलाई उद्देश्यमूलक नमुना छनौटका आधारमा छानी अध्ययन गरिएको छ । अध्ययन सम्बन्धित क्षेत्रमा स्वयं अनुसन्धानकर्ता गई अवलोकन गरी सरोकारवालासँग अन्तर्वार्ता, छलफल र प्रश्नावली भराई तथ्याङ्क लिई विश्लेषण गरिएकाले यो अध्ययन गुणात्मक ढाँचामा आधारित भई तयार पारिएको छ । अध्ययनको सिलसिलामा नेपालमा हालसम्म पनि विद्यालय उमेर समूहका धेरै विद्यार्थी विद्यालय बाहिर रहेकाले उनीहरूलाई विद्यालयमा ल्याई टिकाउ दर बढाई लागि शिक्षा भन्ने मान्यतालाई साकार पार्न ल्याइएको हो भने चरम भोकमारीका कारणले भोकै विद्यालयमा आई पढ्न असमर्थ भएकालाई विद्यालयमा ल्याउन पनि लागु गरिएको हो । अध्ययनको सिलसिलामा सम्बन्धित क्षेत्रमा गई हेर्दा बुझ्दा प्रतिव्यक्ति रू.१५ का दरले खाजा कार्यक्रमका लागि रकम विनियोजन गर्ने गरेको रहेछ तर व्यवस्थित चमेनागृहको अभाव, कमजोर गुणस्तरको खाजा, राज्यले निर्धारण गरेको दिवा खाजा कार्यक्रम अन्तर्गत पर्ने मापदण्ड विपरीतका खाजा खुवाउने गरेको पाइयो भने खाद्य पदार्थ भण्डारणको व्यवस्थापन पक्ष कमजोर पाइयो । निरीक्षण अनुगमन नभएको चमेना गृह सञ्चालकलाई कुक सम्बन्धी तालिमको अभावले गर्दा कहिलेकाहीँ खाजामा तलमाथि हुँदा विद्यार्थी विरामी परेको अवस्था पनि पत्ता लाग्यो । यस्ता व्यवस्थापन पक्षमा देखिएका समस्या समाधान गर्न प्रति विद्यार्थी रू.१५ का दरले उपलब्ध गराउँदै आएको रकमलाई समयसापेक्ष वृद्धि गर्न सकेमात्र राज्यले निर्धारण गरेको मापदण्ड अनुसार खाजा खुवाउन सकिने हुन्छ । विद्यालयमा व्यवस्थित ढंगको चमेनागृह हुनुपर्ने त्यसको सरसफाइमा ध्यान दिनु पर्ने, सधै ताजा खाजा खुवाउनुपर्ने, खाद्यपदार्थको गुणस्तरको अनुगमन गरिनुपर्ने तथा दिवा खाजा कार्यक्रमको व्यवस्थापनलाई प्रभावकारी बनाउन सरोकारवाला पक्ष रकम उपलब्ध गराउने निकाय, प्र.अ., शिक्षक, वि.व्य.स.का पदाधिकारी तथा अभिभावक समेत बसी देखिएका समस्याको समाधान गर्न सामुहिक प्रयास गरे दिवा खाजा कार्यक्रमको व्यवस्थापन प्रभावकारी हुन जाने देखिन्छ । (The presented article is prepared under the title "Management of Mid-day Lunch Programme in Schools". Its main objective is to identify the current situation of lunch program management and find solutions to the problems. This study is based on primary schools 1-5 operating in Pakhribas Municipality of Dhankuta District Shree Janata Primary School Dangsing has been selected and studied on the basis of purposive sampling. This study has been prepared based on a qualitative framework, as the researcher went to the field related to the study and analyzed the data by conducting interviews, discussions and questionnaires with the stakeholders. In the course of the study, since many students of the school age group are still out of school in Nepal, they have been brought to school to realize the concept of education for all by raising the sustainable rate. In the course of the study, when we went to the related areas, we understood that funds were allocated for the lunch program at the rate of Rs. 15 per-person, but it was found that there was a lack of organized canteen, poor quality lunch, and lunch was being served against the standards set by the state-determined mid-day lunch programme, while the management aspect of food storage found weak. It was also discovered that there is the lack of cooking training for canteen proprietors and couldn't not have regular inspection and monitoring, students sometimes fell ill during lunch. In order to solve such management problems, only if the amount provided at the rate of Rs.15 per-student can be increased in time, lunch can be served according to the standards determined by the state. There should be an orderly canteen in the school, attention should be paid to its cleanliness, fresh lunch should always be served, the quality of food should be monitored and to make the management of the midday lunch programme effective, the concerned authorities should provide funds, peon., teachers, school management committee and the parents make a collective effort to solve the problem, then only the management of the mid-day lunch program will be effective.)

Full Text
Published version (Free)

Talk to us

Join us for a 30 min session where you can share your feedback and ask us any queries you have

Schedule a call