Abstract

कथ्य वा विद्युतीय सामग्रीमा व्यक्त भाव, विषयवस्तु, सन्देश, सूचना, तथ्य वा अनुभव बुझ्ने गरी सुन्नुलाई सुनाइ सिप भनिन्छ । उपर्य‘क्त पक्षको प्राप्ति भए नभएको मापन वा लेखाजोखा गर्नु नै सुनाइ सिप परीक्षण हो । सुनाइ सिप परीक्षणबारे भाषा शिक्षकको दृष्टिकोण पहिचान गर्ने उद्देश्यले यो लेख तयार पारिएको छ । पूर्वकार्यको समीक्षालाई आधार मान्दा नेपालमा प्रयोगात्मक मूल्याङ्कनको सन्दर्भमा सुनाइ सिप परीक्षणको व्यवस्था भए पनि यसको कार्यान्वयनका विषयमा अध्ययन भएको देखिँदैन । सर्वेक्षण विधिको प्रयोग गरी ४१ जना शिक्षकबाट मतावली लिई परिमाणात्मक ढाँचामा यस अध्ययनलाई पूरा गरिएको छ । सुनाइ सिप परीक्षण सम्बन्धी कथन निर्माण गरी लिकर्ट पद्धतिबाट विश्लेषण गरिएको छ । पाँचओटा स्केलमा दृष्टिकोण लिई प्रतिशतमार्फत परिणामको छलफल गरी निष्कर्षमा पुगिएको छ । माध्यमिक तहमा सुनाइ सिप परीक्षणमा शिक्षकहरू सचेत भए पनि यसको प्रयोग र व्यवहारमा सैद्धान्तिक दृष्टिले एकरूपता हुन नसकेको देखिन्छ । प्रयोगात्मक मूल्याङ्कनमार्फत सुनाइ र बोलाइ सिपको परीक्षण गर्ने व्यवस्था प्रशंसनीय भए पनि यसको साधन र परीक्षण पद्धतिमा निश्चित मार्गदर्शन हुन सकेको देखिएन । सुनाइ सिप परीक्षण गर्दा मौखिक अभिव्यक्तिबाट तथा श्रुतिलेखन र श्रुतिबोधलाई मुख्य आधार मान्नुपर्ने तथ्यबाट पुष्टि भएको छ । श्रव्य सामग्रीको उचित व्यवस्थापनका साथ वस्तुगत प्रश्नबाटविद्यार्थीको सुनाइ सिप परीक्षण गरिएको छ । यस लेखबाट प्राप्त तथ्यले पाठ्यक्रम निर्माता,पाठ्यपुस्तक लेखक, भाषा शिक्षक तथा शिक्षण सिकाइसँग सरोकार राखी नवप्रवर्तनप्रति चासो दिने सम्पूर्ण व्यक्तिलाई सहयोग पुग्दछ ।

Full Text
Published version (Free)

Talk to us

Join us for a 30 min session where you can share your feedback and ask us any queries you have

Schedule a call