Abstract

प्रस्तुत अध्ययनमा कवि गोपालप्रसाद रिमालद्वारा लिखित ‘आमाको सपना’ कविताको संसक्ति व्यवस्थाको अध्ययन गरिएको छ । यस अध्ययनको पूर्णताका लागि सङ्कथन अध्ययनभित्र संसक्ति व्यवस्थालाई सैद्धान्तिक पर्याधारका रूपमा प्रयोग गरिएको छ । मूल समस्या र शोध्यप्रश्नको समाधान गर्नका लागि गुणात्मक अनुसन्धान र पाठ विश्लेषण विधिको प्रयोग गरिएको प्रस्तुत अध्ययनमा सामन्तवादी राणाशासनको ज्यादतीका विरुद्ध आम जनमानसमा विकसित बन्दै गएको क्रान्तिकारी सोच र अभिवृत्तिलाई प्रस्तुत गर्ने क्रममा आएका विभिन्न सन्दर्भको संयोजनबाट कसरी सुसम्बद्ध पाठको निर्माण भएको छ भन्ने पक्षको विवेचना गरिएको छ । प्रस्तुत कवितामा नेपाली सामाजिक/राजनीतिक परिवेशभित्र आम नेपाली मानसिकतामा स्थापित बन्दै गएको क्रान्तिचेत तथा परिवर्तनप्रतिको आकर्षण र क्रान्तिप्रतिको समर्पणलाई सङ्केत गरेको मूल सन्दर्भसँग सम्बन्धित विभिन्न सहायक सन्दर्भको सृजना गरी संसक्ति सम्बद्धता सृजना भएको छ । लेखकीय अभिवृत्ति र पाठगत सूचना व्यवस्थाको निरन्तरताका रूपमा आएका संसक्तिले पाठमा अवशिष्ट परिवेश, सन्दर्भहरूको अन्वयबाट पाठगत अर्थ कसरी निर्माण भएको छ भन्ने भाषापरक अध्ययन गर्दछ । प्रस्तुत कवितामा प्रयोग भएका व्याकरणिक संसक्तिले पाठका सन्दर्भ शृङ्खलालाई एकान्वित तुल्याई संरचनागत सुसम्बद्धता सृजना गरी सुसम्बद्ध र सङ्गठित पाठको निर्माण गरी संसक्ति शृङ्खलाले सङ्गठित र सुसम्बद्ध पाठका रूपमा कवितालाई उभ्याएको निष्कर्ष निकालिएको छ ।

Full Text
Published version (Free)

Talk to us

Join us for a 30 min session where you can share your feedback and ask us any queries you have

Schedule a call