Abstract

यो ढाँचा प्रचलनमा धेरै आएकाले त्रिवि शिक्षाशास्त्र सङ्कायले एम.एड. तहका शोधपत्र लेखनमा प्रयोग गर्नुपर्ने निर्देशिका बनाएको छ । पहिले एपिएको छटौं संस्करणलाई आधार बनाइएको थियो भने हाल सातौं संस्करणलाई मानेको छ । एपिए छैटौं संस्करणका आधारमा एम.एड. नेपाली शिक्षाका शोधपत्रमा सन्दर्भ सामग्री सूचीमा रहेका त्रृटिको पहिचान गर्नु उद्देश्य रहेको यो लेख गुणात्मक ढाँचामा आधारित छ । सुर्खेत क्याम्पस शिक्षामा हालसम्म भएका नेपाली शिक्षा विषयका सम्पूर्ण शोधपत्रहरू यस अध्ययनको जनसङ्ख्या हो भने सुविधाजनक विधिको सहायताले दसवटा शोधपत्रलाई नमुनाको रूपमा छनौट गरी एपिए छैटौं संस्करण अनुसार ती शोशपत्रका सन्दर्भसूची लेखनमा भएका त्रृटिको व्याख्या र विश्लेषण गरिएको छ । शोधपत्रको सन्दर्भ सूचीमा सबभन्दा बढी शोधपत्रलाई समावेश गरिएको छ भने त्यसपछि सन्दर्भ पुस्तक र केही मात्रामा संस्थागत सामग्रीलाई उल्लेख गरिएको छ । जर्नलमा प्रकाशित अनुसन्धानमूलक लेख र इन्टरनेटबाट प्राप्त कुनै पनि सामग्रीको प्रयोग गरिएको छैन । सन्दर्भसूचीका अधिकांश कृतिलाई इटालिक्स नगरी बोल्ड गरिनुको साथै प्रकाशित ठाउँमा बिसर्ग दिनुको साटो अल्प बिराम दिई ‘त्र’ टिग रिएको छ । प्रकाशन स्थान र प्रकाशकलाई उचित स्थानमा राखिएको छैन । त्यसैगरी लेखकको पुरा नाम नभएका र नाम र कृति नमिल्ने सामग्री पनि उल्लेख गरेको पाइयो । शोधपत्र र संस्थागत सामग्रीलाई पनि एपिए ढाँचा अनुसार उल्लेख गरिएको छैन । कतिपयमा प्रकाशक संस्था नै स्पष्ट छैन भने कतिपयमा मुद्रण गर्ने संस्थालाई पनि प्रकाशकमा उल्लेख गरी त्र’टिग रिएको छ । शोधार्थीले एपिए छैटौं संस्करणको अध्ययन नगर्नु, अगाडिका शोधपत्रको नक्कल गर्ने परम्पराका कारण र हतारमा शोधपत्र बुझाउनुपर्ने आदि कारणले शोधपत्रको सन्दर्भ सूची निर्माणमा त्रुटि गरेको पाइन्छ ।

Full Text
Paper version not known

Talk to us

Join us for a 30 min session where you can share your feedback and ask us any queries you have

Schedule a call

Disclaimer: All third-party content on this website/platform is and will remain the property of their respective owners and is provided on "as is" basis without any warranties, express or implied. Use of third-party content does not indicate any affiliation, sponsorship with or endorsement by them. Any references to third-party content is to identify the corresponding services and shall be considered fair use under The CopyrightLaw.