Abstract

संस्कृति मानव जीवनका अन्तर तथा बाह्य स्वरूपलाई शुद्धीकरण गर्ने महत्वपूर्ण माध्यम हो। यसले मानवका मूल्यमान्यतालाई जीवन्त बनाउन मद्दत गर्दछ । हाम्रा पूर्वजद्वारा समाजलाई व्यवस्थित बनाउन अपनाइएका विधि नै संस्कृति हुन्। मानवका आचार, व्यवहार र सामूहिक क्रियाकलापबाट संस्कृतिको जन्म भएको हो। संस्कृतिलाई उजागर गर्ने प्रमुख माध्यमचाहिँ लोक हो। लोकको अभिन्न अङ्ग बनेर शारीरिक र मानसिक संस्व्रिया गर्ने कर्म विशेष संस्कृति हो। लोकसाहित्यका विधा उपविधामध्ये लोकगीत प्रमुख विधा मानिन्छ । सुन्न, सुनाउन र ग्रहण गर्न सजिलै सकिने भएकाले लोकसाहित्यका अन्य विधाका तुलनामा लोकगीतले ख्याति कमाएको छ ।लोकगीतका विभिन्न प्रकारमध्ये पर्व गीत पनि एक हो। धार्मिक तथा सांस्कृतिक मान्यताबाट स्थापित तिज पर्वमा गीतको महत्वपूर्ण स्थान छ । नारीहरूले यस पर्वमा आफ्ना मनका व्यथा, कुण्ठा, अभाव, पीडा र इच्छाहरूलाई गीतका माध्यमबाट निसङ्कोच व्यक्त गर्छन्। तिजका गीतले परम्परित संस्कारजन्य विषयलाई पनि समेट्छ । खासगरी चेली माइतीबिचको सम्बन्ध र पराई घरमा भोग्नुपरेका समस्यालाई मर्मस्पर्शी भावमा व्यक्त गर्छन्। लवाइखवाइ, वेशभूषा, गरगहना आदि अनेक सांस्कृतिक विषयलाई तिजका गीतमा प्रस्तुत गरिन्छ ।अतः तिजका गीत नेपाली मौलिक संस्कृतिको संरक्षण र संवद्र्धन गर्ने सशक्त माध्यम बनेको छ ।

Full Text
Published version (Free)

Talk to us

Join us for a 30 min session where you can share your feedback and ask us any queries you have

Schedule a call