Abstract

प्रस्तुत आलेख स्याङ्जाली मुक्तककारका समकालीन मुक्तकका प्रवृत्तिको विश्लेषणसँग सम्बन्धित छ । कविताको लघुतम् आयाममा प्रकट हुने मुक्तक लेखनमा नेपाली कविताले नयाँ मोड लिएको २०३६ सालको सडककविता क्रान्तिपछि स्याङ्जाली मुक्तक लेखनमा के कस्ता प्रवृत्ति देखा परे भन्ने मूल समस्यामा आलेख केन्द्रित छ । नेपाली कविताका विभिन्न कालमध्ये आधुनिक कालको समसामयिक धाराको समय नै समकालीन स्याङ्जाली मुक्तकका प्रवृत्ति अध्ययनको आधार हो । आलेखमा यसै चरणका मुक्तकलाई प्राथमिक स्रोत सामग्री र स्याङ्जाली मुक्तकका समकालीन प्रवृत्तिबारे विश्लेषण गरिएका विविध सामग्रीलाई द्वितीय स्रोत सामग्रीका रूपमा उपयोग गरिएको छ । गुणात्मक अनुसन्धान ढाँचामा केन्द्रित रहेर तयार पारिएको आलेखमा सूक्ष्म पठन तथा विश्लेषण विधि प्रयोग गरी अनुसन्धानलाई अगाडि बढाइएको छ । अध्ययनबाट राजनीतिक अव्यवस्थाको चित्रण, जीवनवादी चेतना, प्रेम पक्षको अभिव्यक्ति, विकृति विसङ्गतिको चित्रण र सामाजिक यथार्थको चित्रण स्याङ्जाली मुक्तकका समकालीन प्रवृत्ति रहेको निष्कर्ष निकालिएको छ । यस चरणका स्याङ्जाली मुक्तकले समसामयिक यथार्थलाई अभिव्यक्त गरेकाले स्याङ्जाली मुक्तकको समकालीन प्रवृत्तिलाई यथार्थवादी मुक्तक लेखनको चरणका रूपमा स्थापित गर्ने निष्कर्ष नै आलेखको प्राप्ति हो ।

Full Text
Paper version not known

Talk to us

Join us for a 30 min session where you can share your feedback and ask us any queries you have

Schedule a call

Disclaimer: All third-party content on this website/platform is and will remain the property of their respective owners and is provided on "as is" basis without any warranties, express or implied. Use of third-party content does not indicate any affiliation, sponsorship with or endorsement by them. Any references to third-party content is to identify the corresponding services and shall be considered fair use under The CopyrightLaw.