Abstract

परम्परागत महाकाव्यहरू भन्दा फरक ढङ्गले काव्यको प्रस्तुती भएकाले महाकाव्यलाई प्रयोगशीलता अर्थात प्रयोगवादका सन्दर्भमा समीक्षा गर्नु उपयुक्त ठानिएको छ । यस प्रसङ्गमा उक्त कृतिको समीक्षात्मक अध्ययन गर्ने प्रयास गरिएको छ। महाकाव्यकार डा. नवीनबन्धु पहाडीद्वारा रचित ‘आमाको आँगन’ महाकाव्यमा प्रयोग गरिएको नवीन शिल्प शैलीहरूको बारेमा विश्लेषण गर्नु यस अनुसन्धानात्मक लेखको समस्या हो । काव्यमा प्रयोग गरिएका नवीन शिल्प, शैली र प्रस्तुतीले महाकाव्यलाई प्रयोगशील बनाउन सहयोग गरेको छ जातीय द्वन्द्व, वैमनस्यताले थिलो थिलो भएर देशमा बस्न नसकी परदेश लागेकाहरु देश तथा आमाको निश्वार्थ सेवामा सदा तल्लिन भएर लाग्नुपर्दछ । यस अध्ययनमा गुणात्मक अनुसन्धानका लागि प्राथमिक र द्वितीय स्रोतबाट तथ्यांक संकलन गर्ने अध्ययन विधिको प्रयोग गरिएको छ । निश्वार्थ मन भएका, लोभलालचबाट टाढा भएका मान्छेहरुसदा आफ्नो देश र जनताप्रति उत्तरदायी रहन्छन् भन्ने कुरा पनि देखिन्छ । यसका लागि महाकाव्यमा नयाँ प्रविधियुक्त सामाजिक सञ्जालको प्रयोग, शास्त्रीय छन्द विधानलाई प्राथमिकता दिनु भंग गर्दै लोकगीतलाई प्राथमिकता दिनु पनि नयाँ प्रयोगका रुपमा रहेको देखिन्छ यसका लागि काव्यमा गरिएको प्रयोग उपयुक्त छ भन्ने निष्कर्ष निकालिएको छ ।

Full Text
Published version (Free)

Talk to us

Join us for a 30 min session where you can share your feedback and ask us any queries you have

Schedule a call