Abstract
प्रस्तुत लेखमा शङ्कर लामिछानेको ‘गोधूलि संसार’ निबन्धमा सन्निहित वैचारिकताको विश्लेषण गरिएको छ । यस लेखमा ‘गोधूलि संसार निबन्धलाई प्राथमिक स्रोतको सामग्रीका लिइएको छ भने वैचारिकताको सिद्धान्त निर्माणका लागि विविध सन्दर्भ सामग्री उपयोग गरिएको छ । यो लेख निर्माणका लागि आवश्यक सामग्रीको सङ्कलन पुस्तकालयीय कार्यबाट गरिएको छ । यस लेखमा मूलतः ‘गोधूलि संसार निबन्धमा प्रकट भएको वैचारिकताका विषयमा अध्ययन गरिएको छ । यस लेखमा मानिसको जीवनमा कर्मविहीनताका कारण नैराश्यको कालो बादल मडारिन पुग्छ र यसैबाट विसङ्गतिबोध हुन पुग्छ भन्ने कुरा निबन्धको वैचारिक पक्ष बनेर आएको छ भन्ने देखाइएको छ । यस लेखमा इतिहासले गरेका गल्ती सुधार्ने ‘इरेजर बनाएर मानिसको व्यक्तित्व रगेडिएको विषय यस निबन्धमा आएको कुरा उल्लेख गरिएको छ । यस लेखमा मानिसको जीवन ‘हुनुपर्ने र ‘भइनँ को गोधूलि अवस्थामा रहेको हुन्छ भन्ने मूल विचार चेतनाप्रवाह शैलीबाट यस निबन्धमा प्रकट भएको छ भन्ने कुरा उल्लेख गरिएको छ । निबन्धमा भौतिक जीवनलाई भन्दा प्राकृतिक जीवनलाई समर्थन गरिएको र आजको मानिस प्राकृतिक गुण गुमाउँदै गएका कारण निकै यान्त्रिक जीवन बिताउन विवश बनेको निष्कर्ष यस लेखमा निकालिएको छ । शब्दकुञ्जी ः जीवन, नैराश्य, विचार, विषय, विसङ्गति
Talk to us
Join us for a 30 min session where you can share your feedback and ask us any queries you have
Similar Papers
More From: International Research Journal of Parroha Multiple Campus
Disclaimer: All third-party content on this website/platform is and will remain the property of their respective owners and is provided on "as is" basis without any warranties, express or implied. Use of third-party content does not indicate any affiliation, sponsorship with or endorsement by them. Any references to third-party content is to identify the corresponding services and shall be considered fair use under The CopyrightLaw.