Abstract

प्रस्तुत लेख ओखलढुंगा क्याम्पसमा सूचना तथा सञ्चार प्रविधिको प्रयोग र यसको प्रभावकारिता सम्बन्धी शीषर्कमा गरिएको अध्ययनमा आधारित छ । क्याम्पसको कार्यालय व्यवस्थापन तथा संञ्चालन र शिक्षणमा सूचना, सञ्चार र प्रविधिका साधन र तिनको प्रयोगको वर्तमान अवस्था अध्ययन गर्नु र क्याम्पसको कार्यालय व्यवस्थापन तथा सञ्चालन र शिक्षण सिकाईमा सूचना तथा प्रविधिको प्रयोग गर्न आई परेका कठिनाईहरू ,चुनौती र समधानका उपायहरूको खोजी गरी सुझाउनु जस्ता प्रमुख उद्देश्यहरू राखी यो अध्ययन गरिएको थियो । यो अध्ययन गुणात्मक ढाँचामा केन्द्रित रही अध्ययन गरिएको छ । ओखलढुंगा क्याम्पसलाई उद्देश्य मुलक विधिबाट छनोट गरी अनुसन्धानकर्ता आफैले क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष, क्याम्पस प्रमुख, प्राध्यापकहरू, कर्मचारी र केही विद्यार्थीहरूलाई खुल्ला प्रश्नावलीसगै अन्तरवार्ताबाट प्राथमिक तथ्यांक संकलन तथा आवाश्यकता अनुसार द्वितीय तथ्यांकको लागि क्याम्पसका अभिलेखहरू, पुस्तक, लेख र रचना पत्रपत्रिका, इमेल इन्टरनेटबाट प्राप्त विबरण तथा सूचना र तथ्यांकलाई बिभिन्न शीर्षकबाट ओखलढुंगा क्याम्पस ओखलढुंगामा सूचना तथा सञ्चार प्रविधिको प्रयोग र यसको प्रभावकारीताको वर्तमान अवस्था, सूचना तथा संचार प्रविधिको प्रयोग गर्न आई परेका कठिनाईहरू र चुनौतीहरू र समाधानका उपायहरूलाई संक्षिप्त रुपमा प्रस्तुत गरिएको छ ।

Talk to us

Join us for a 30 min session where you can share your feedback and ask us any queries you have

Schedule a call

Disclaimer: All third-party content on this website/platform is and will remain the property of their respective owners and is provided on "as is" basis without any warranties, express or implied. Use of third-party content does not indicate any affiliation, sponsorship with or endorsement by them. Any references to third-party content is to identify the corresponding services and shall be considered fair use under The CopyrightLaw.