Abstract

याे लेखले सुदुरपश्चिम प्रदेशमा ट्रान्सजेन्डर (पारलैङ्गिक) व्यक्ति हरू समाजमा आफ्नाे पहिचानका साथ अगाडी आउन सकेका छन्त भन्ने प्रश्ननको उत्तर खाेज्नका लागि, उनीहरुको जीवन भोगाई र अवस्था पत्ता लगाउने उद्देश्य राखेको छ । त्यसको लागि १० जना ट्रान्सजेन्डर व्यक्तीहरुसँग अनलाइन (जूम) र फाेनको माध्ममबाट असंरचित प्रश्नावलीकाे प्रयाेग गरी गहन अन्तर्वार्ता गरिएको थियो। ट्रान्सजेंडरको अनुभव र अवस्था बुझ्दा व्यक्ति विशेष फरक-फरक अवस्था र अनुभव पाइयो l याे अध्ययनको निम्न निष्कर्षहरु रहेका छन् कानुनले ट्रान्सजेंडरलाई समानताको हक प्रदान गरेता पनि प्रयोगमासहज, व्यवहार र सम्बन्धमा परिवर्तन पाइएन l समलिङ्गी विवाहलाई कानुनले मान्यता नदिए तापनि व्यवहारमा विवाह भएको पाइन्छ l अझैपनि प्रायजसो ट्रान्सजेंडरहरु आफुले चाहेको पहिचानका साथ समाजमा आउन नसकेको र केही मात्र भएपनि निलहिरा समाज द्वारा आफ्नो पहिचान निर्माण गरेको पाइन्छ l ट्रान्सजेंडरहरु विभिन्न क्षेत्रबाट विपरीत लिङ्गीकाे व्यवहार भएकै कारण बहिष्कृत हुनुपरेकोले उनीहरूको सामाजिक शैक्षिक र आर्थिक उन्नतिमा बाधा पुगेको देखियो l जसको कारण ट्रान्सजेंडरहरुसँग सम्बन्धित पर्याप्त ज्ञानका साथै ट्रान्सजेंडर अनुकूल वातावरण नहुनु र ट्रान्सजेंडरलाई समाजको एक भागको रूपमा लिई व्यवहार र सम्बन्ध कायम गर्न नसक्नुरहेको छ l ट्रान्सजेंडर मैत्री वातावरण बनाउनका लागि समाज र शैक्षिक प्रणालीमा ट्रान्सजेंडर सम्बन्धी पर्याप्त ज्ञान प्रदान गर्नुका साथै मिडिया प्रयोग गर्नुपर्ने देखिन्छ l उनीहरूलाई फरक नभएर समान व्यवहार गर्नुपर्ने देखिन्छ l साथै ट्रान्सजेंडरहरुलाई सशक्तीकरण गरी आत्मसम्मानको जीवन जिउने वातावरण बनाउन सकेमा ट्रान्सजेंडरहरुको जीवन गुणस्तरीय बनाउन सकिन्छ जुन कुरा देशको समृद्धिसँग जोडिन जान्छ l यस अध्ययनले नीति निर्माण र सुधार गर्नमा सहयोग पुर्याउँछ l

Full Text
Published version (Free)

Talk to us

Join us for a 30 min session where you can share your feedback and ask us any queries you have

Schedule a call