Abstract

यस अनुसन्धानात्मक लेखमा निसमालोचनाको सैद्धान्तिक अवधारणा प्रस्तुत गरिएको छ । निसमालोचना समालोचनाको एक नवीन प्रकार हो । नेपाली साहित्यमा निसमालोचनाजस्तै देखिने समालोचना धेरै अघिदेखि लेखिएका पाइए पनि ती समालोचना सैद्धान्तिक अवधारणासहित लेखिएका देखिँदैनन् । निसमालोचनाका तिनै पूर्वप्रयासलाई हेरेर यसलाई नैबन्धिक समालोचना, निसमीक्षा आदि संज्ञा दिइएको पाइन्छ । समालोचनाको यस प्रकारलाई निसमालोचना नै भनिएको पनि पाइन्छ तर यसअघि विधागत सचेतताका साथ यसको सैद्धान्तिक पक्षका बारेमा विस्तृत रूपमा चर्चा गरिएको पाइँदैन । यस नवीन अवधारणाका बारेमा थप स्पष्ट पार्न आवश्यक भएकाले प्रस्तुत लेखमा यसको सैद्धान्तिक आधारका सम्बन्धमा स्पष्ट पारिएको छ । यस क्रममा निसमालोचनाको प्रायोगिक स्वरूप प्रस्तुत गर्दा प्राथमिक स्रोतका रूपमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको खण्डकाव्य मुनामदनलाई आधार बनाइएको छ भने निबन्ध, समालोचना आदि विधाको स्वरूप प्रस्ट पार्नका लागि तिनका बारेमा लेखिएका सामग्रीलाई द्वितीयक स्रोतका रूपमा प्रयोग गरिएको छ । सैद्धान्तिक प्रकृतिको यस लेखमा व्याख्यात्मक र विश्लेषणात्मक विधि अवलम्बन गरिएको छ । यस अनुसन्धानात्मक लेखमा निसमालोचनाको सैद्धान्तिक अवधारणा प्रस्तुत गरिनाका साथै उदाहरणका लागि एउटा प्रायोगिक स्वरूप पनि प्रस्तुत गरिएको छ । यसका लागि आधारकृतिका रूपमा मुनामदन खण्डकाव्य चयन गरिएको छ । परम्परागत समालोचनाका आधारमा कुनै पनि कृतिलाई विश्लेषण गर्ने अभ्यास भइरहेकामा यस अनुसन्धानात्मक लेखले कृतिविश्लेषणका लागि नवीन आधार दिने विश्वास गरिएको छ ।

Talk to us

Join us for a 30 min session where you can share your feedback and ask us any queries you have

Schedule a call

Disclaimer: All third-party content on this website/platform is and will remain the property of their respective owners and is provided on "as is" basis without any warranties, express or implied. Use of third-party content does not indicate any affiliation, sponsorship with or endorsement by them. Any references to third-party content is to identify the corresponding services and shall be considered fair use under The CopyrightLaw.