Abstract

‘धृतराष्ट्र खण्डकाव्यमा अङ्गीरस’ शीर्षकको प्रस्तुत लेखमा सर्वप्रथम कवि घनश्याम कँडेलको र उनको धृतराष्ट्र खण्डकाव्यको सामान्य परिचय दिइएको छ । विषयवस्तु प्रस्टयाउन अलग–अलग शीर्षक राखी धृतराष्ट्र खण्डकाव्यको कथावस्तुलाई सामान्य चिनारीका रूपमा प्रस्तुत गरिएको छ । अङ्गीरसको सामान्य परिचय दिई त्यसका उपकरणको चर्चा गर्दै आलम्बन र उद्दीपन विभाव, अनुभाव एवम व्यभिचारी भावको सान्दर्भिक चर्चा गरिएको छ । यस क्रममा धृतराष्ट्रलाई आलम्बनका रूपमा, महाभारतीय युद्वलाई उद्दीपनका रूपमा, धृतराष्ट्रका जीवनभोगाइलाई अनुभावका रूपमा, युद्घमा घटित घटनाबाट उत्पन्न चिन्ता, ग्लानी वितर्क, स्मृति आदिलाई व्यभिचारी भावका रूपमा प्रयोग गरिएको छ । प्राज्ञिक समस्याका रूपमा धृतराष्ट्र खण्डकाव्यमा कुन अङ्गीरसको प्रयोग गरिएको छ भन्ने समस्या राखी धृतराष्ट्र खण्डकाव्यमा प्रयुक्त अङ्गीरसको निरूपण गर्ने उद्देश्य किटान गरिएको छ । सामग्री सङ्कलन तथा विश्लेषणका क्रममा पुस्तकालयीय अध्ययनको उपयोग गरी विश्लेषण गरिएको छ । सैद्धान्तिक पर्याधारका रूपमा पूर्वीय वाङमयको रससिद्धान्तको प्रयोग गरिएको छ । यसअघि भए गरेका पूर्वकार्यको सामान्य चर्चा गरी विश्लेषण गरिएको छ । धृतराष्ट्र खण्डकाव्यको परिचय, रचनागर्भ लगायतका विश्लेषणीय पक्षलाई अँगाल्दै उक्त काव्यमा प्रयुक्त अङ्गीरस र अङ्गरसको विश्लेषण गरिएको छ । यसरी धृतराष्ट्र खण्डकाव्य करुणरस अङ्गीरस तथा अन्य अङ्गरसको प्रयोग भएको रसयुक्त काव्य हो भन्ने निष्कर्षमा पुगिएको छ ।

Talk to us

Join us for a 30 min session where you can share your feedback and ask us any queries you have

Schedule a call

Disclaimer: All third-party content on this website/platform is and will remain the property of their respective owners and is provided on "as is" basis without any warranties, express or implied. Use of third-party content does not indicate any affiliation, sponsorship with or endorsement by them. Any references to third-party content is to identify the corresponding services and shall be considered fair use under The CopyrightLaw.