Abstract

प्रस्तुत लेख त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र सङ्काय, डिन कार्यालयले लागु गरेको चार बर्से बिएडको नेपाली शिक्षाका साहित्यिक विधा सम्बद्ध पाठ्यांशहरूलाई शिक्षाशास्त्रीय दृष्टिले मूल्याङ्कन गर्ने उद्देश्य राखी तयार गरिएको हो । यो लेख गुणात्मक अनुसन्धानको पुस्तकालयीय अध्ययनमा आधारित छ । पुस्तकालयीय अध्ययन अनुसार नेपाली शिक्षाका साहित्यिक विधा सम्बद्ध नेपाली कथा र उपन्यास, नेपाली नाटक, एकाङ्की र निबन्ध, नेपाली कविता काव्य तथा साहित्यशास्त्र र नेपाली समालोचनाका पाठ्यांशबाट तथ्यहरू सङ्कलन गरेर तिनलाई तालिकीकरण गरी व्याख्या विश्लेषण गरिएको छ । स्नातक तहको नेपाली शिक्षाका पाठ्यांशको प्रकृतिलाई हेर्दा भाषासँगै साहित्यिक विषयवस्तुलाई पनि उच्च महइभ्व दिइएको देखिन्छ । उक्त साहित्यिक विधा सम्बद्ध पाठ्यांशहरू पूर्णतः सैद्धान्तिक प्रकृतिका छन् । निर्दिष्ट पाठ्यांशमा समाविष्ट पाठ्यविषयलाई भाषा शिक्षण सिकाइसँग जोडेको पाइँदैन । निर्धारित पाठ्यविषयलाई भाषिक दृष्टिले संयोजन नगरेको भए पनि सम्बन्धित कृतिहरूको पठनबाट विद्यार्थीहरूमा अप्रत्यक्ष रूपमा पठनबोध, अभिव्यक्ति (समीक्षा ः मौखिक तथा लिखित), शब्द भण्डार जस्ता भाषिक सिप तथा पक्षहरूको विकासमा मद्दत पुग्ने देखिन्छ । विद्यार्थीहरूमा पर्याप्त भाषिक सिप तथा पक्षहरूको विकास गराउन शिक्षाशास्त्रका सैद्धान्तिक पाठ्यांशहरूलाई प्रायोगिक किसिमले भाषा शिक्षण सिकाइसँग जोडेर प्रस्तुत गर्नुपर्ने देखिन्छ ।

Full Text
Published version (Free)

Talk to us

Join us for a 30 min session where you can share your feedback and ask us any queries you have

Schedule a call