Abstract

प्रस्तुत लेख नेपाली कथाको एउटा निश्चित कालखण्डमा देखिएका साहित्यिक आन्दोलनका बारेमा केन्द्रित रहेको छ । नेपाली आख्यान साहित्यको अत्यन्त लोकप्रिय र समृद्ध विधा कथालाई वर्तमान अवस्थासम्म ल्याइपुर्याउन साहित्यिक अभियान तथा आन्दोलनहरूको योगदान अविस्मरणीय रहेको छ । नेपाली साहित्यका क्षेत्रमा विभिन्न कालखण्डमा सचेत ढङ्गले विविध किसिमका भाषिक, सांस्कृतिक र साहित्यिक अभियानहरू चलेका देखिन्छन् । लेखक साहित्यकारले भाषासाहित्यमा नयाँ चिन्तन, समयसापेक्ष प्रयोगसँगै अवधारणाहरू प्रस्तुत गरी घोषित रूपमा नै आन्दोलनको परम्परा विकसितभएको पाइन्छ । विभिन्न समयमा देखिएका यस्ता महत्त्वपूर्ण अभियान तथा आन्दोलनहरूले समग्र साहित्यका साथै कथा विधालाई नयाँ चेतनाका साथ गतिशीलता प्रदान गरेको पाइन्छ तर ती सबैका बारेमा गहन खोजअध्ययन हुन आवश्यक रहेको देखिन्छ । नेपाली कथाको माध्यमिक काल र आधुनिक कालको पूवाद्र्ध सम्म देशमा राणातन्त्रको चरम निरङ्कुशता रहेको बखत साहित्यकारहरूले विभिन्न विधाका लेखनीमार्फत शोषण–उत्पीडनका विरोधमा क्रान्तिका स्वर उरालेको पाइन्छ । निर्दलीय पञ्चायती व्यवस्थाको दमनका विरोधमा साहित्यिक आन्दोलनको भिन्न स्वरूपमा निरन्तरता रहेको देखिन्छ । कतिपय अभियानले नेपाली साहित्यका क्षेत्रमा नयाँ तरङ्गहरू ल्याएर विभिन्न प्रभाव पनि छाडेका छन् । यस लेखमा यी सबै आन्दोलनका बारेमा अध्ययन गर्ने नभई केवल आधुनिक कथाका क्षेत्रमा २०२० देखि नवचेतनावादी धारामा देखिएका तेस्रो आयाम, राल्फा आन्दोलन, अस्वीकृत जमात र लीलालेखनका बारेमा अध्ययन गरिएको छ । यसकालागि पुस्तकालीय स्रोतबाट अध्ययन सामग्री सङ्कलन गरी तिनको व्याख्या–विश्लेषण गरिएको छ । कथाको आरम्भदेखि हालसम्म साहित्यिक आन्दोलनहरूले पु¥याएका योगदानका बारेमा समय सान्दर्भिक नवीन खोजअनुसन्धान तथा पुनर्मूल्याङ्कन गरिनुपर्ने आवश्यकता रहेको देखिन्छ । आधुनिक नेपाली कथासाहित्यमा विभिन्न प्रयोगका माध्यमबाट नवीन मोड ल्याउन, सामाजिक–सांस्कृतिक परिवर्तन एवम् वैचारिक स्पष्टता दिन, बहुलवादी तथा वैश्विक चेतनाको प्रयोग र कथाका शिल्प शैलीगत मान्यतामा परिवर्तन ल्याउनका लागि यस्ता अभियान एवम् आन्दोलनहरू महत्त्वपूर्ण रहेको निष्कर्ष पाइन्छ ।

Full Text
Paper version not known

Talk to us

Join us for a 30 min session where you can share your feedback and ask us any queries you have

Schedule a call

Disclaimer: All third-party content on this website/platform is and will remain the property of their respective owners and is provided on "as is" basis without any warranties, express or implied. Use of third-party content does not indicate any affiliation, sponsorship with or endorsement by them. Any references to third-party content is to identify the corresponding services and shall be considered fair use under The CopyrightLaw.