Abstract

उखानहरू लोकजीवनका ज्ञानका प्रतिविम्ब हुन् । सूत्रात्मक रूपमा रहेका उखानहरू आफैमा पूर्ण र सार्थक हुन्छन् । उखानहरू खारिएका ज्ञानवर्धक उक्ति हुन् । यिनीहरू इतिहासका साक्षी हुन्; जुन अग्रजका कथनहरू पुस्तान्तरण हुँदै सारपूर्ण अभिव्यक्तिका सन्दर्भमा प्रयोग भएका हुन्छन् । नेपाली उखानको स्वरुप र प्रयोग क्षेत्रका बारेमा विश्लेषणात्मक अध्ययन प्रस्तुत गर्नु प्रश्तुत लेखको उद्देश्य हो । यसलाई पुष्टि गर्नका लागि वर्णनात्मक विधि, विश्लेषणात्मक विधि, निगमनात्मक तथा आगमनात्मक विधिलाई उपयोग गरिएको छ । पूर्वकार्यको समीक्षालाई अध्ययनको आधारका रूपमा लिइएको छ । उखानको स्वरुप र प्रयोग क्षेत्रका बारेमा जानकारी दिनु यसको मूख्य उपलब्धि रहेको छ । उखानहरू सामाजिक, साँस्कृतिक, धार्मिक, लोकविश्वास तथा परम्परा आदिसँग सम्बन्धित भएर कँसिलो अभिव्यक्ति, नैतिक सन्देश, उपदेश आदिका लागि प्रयोग हुन्छन् । विगतका अनुभव र ज्ञानका शुक्ष्म भावहरू अङ्कित हुन्छन् । उखानको प्रयोगले लोकसभ्यता र संस्कृति प्रकासमान हुन्छ । उखानहरू अनुभावका सार र भाषाका प्राण पनि हुन् । उखानहरू ऐतिहासिक, पौराणिक, लोककथात्मक, सामाजिक, साँस्कृतिक आदि स्रोतबाट उत्पत्ति भएका हुन्छन् । उखानलाई रुपात्मक, विषयात्मक आदि टृष्टिकोणले वर्गीकरण गर्न सकिन्छ । मौखिक सन्दर्भबाट निस्पत्ति भएका उखानहरूले श्रोताको हृदयमा च्वास्स छुन सक्ने सामथ्र्य राख्दछन् । उखानहरू विभिन्न जातजाति, लोकविश्वास, पशुपंक्षी, प्रकृति, समाज, जीवनजगत आदिसँग सम्बन्धित भएर निस्पत्ति भए पनि कतै दृष्टान्तका रूपमा त कतै स्वतन्त्र रूपमा पनि प्रयोग गर्न सकिन्छ । तसर्थ उखानहरू सरल, संक्षिप्त, सूत्रात्मक, दृष्टान्तमूलक, व्यावहारिक ज्ञान र लोक अनुभूतिबाट खारिएका व्यञ्जनात्मक सूक्तिहरू हुन् जसको प्रयोगले वक्ताहरू आफ्नो प्रभावपूर्ण अभिव्यक्ति दिन सक्षम हुन्छन् । तसर्थ यस लेखमा नेपाली उखानको स्वरुप र प्रयोग क्षेत्रको विश्लेषण गरी निष्कर्ष निकालिएको छ ।

Full Text
Paper version not known

Talk to us

Join us for a 30 min session where you can share your feedback and ask us any queries you have

Schedule a call

Disclaimer: All third-party content on this website/platform is and will remain the property of their respective owners and is provided on "as is" basis without any warranties, express or implied. Use of third-party content does not indicate any affiliation, sponsorship with or endorsement by them. Any references to third-party content is to identify the corresponding services and shall be considered fair use under The CopyrightLaw.