Abstract

परिवार नियोजन मानव जातिका लागि महत्त्वपूर्ण साधनको रूपमा रहेको छ । यसले मानव विकास वा मानव सभ्यतालाई उच्चाइसम्म पुराउन महत्त्वपूर्ण योगदान गर्दछ । यसको प्रयोगबाट व्यक्ति, परिवार, समाज, राष्ट्र र विश्वलाई नै परिवर्तन गरी मानव जीवनमा सकरात्मक परिवर्तन गर्न सकिन्छ । त्यसैले यो अनुसन्धानबाट प्राप्त तथ्याङ्कलाई नेपालका जुनसुकै भुगोलमा पनि सामान्यीकरण गर्ने गरी खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्र अध्ययन गरिएको हो । यो अनुसन्धान परिमाणात्मक ढाँचामा आधारित रही दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका भित्र सम्भाव्य नमुना छनोट विधि अन्तर्गत चिठ्ठा विधिको माध्यमबाट वडा नं. २, ७, ८, १५ का २०० जना १५ देखि ४९ वर्ष उमेर समूहका विवाहित दम्पतीहरू मध्येबाट १०० जना महिला र १०० जना पुरुषलाई अनुसन्धानको केन्द्रमा राखी प्राथमिक तथा द्वितीयस्रोतलाई समेत प्रयोग गर्दै २०८० सालको असार महिनामा गरिएको सर्वेक्षणबाट परिवार नियोजन सेवा र परिवार नियोजनका साधनको ज्ञानको दरमा पाँचवटा साधन वा विधिभन्दा बढी जानकारी राख्ने मानिसको सङ्ख्या ५० प्रतिशत, तीनवटा साधनको जानकारी राख्ने मानिसको सङ्ख्या ३५ प्रतिशत, कुनै एक वा सो भन्दा बढी साधनको बारेमा जानकारी राख्ने मानिसको सङ्ख्या १० प्रतिशत रहँदा कुनै पनि साधनको बारेमा जानकारी प्राप्त नगर्ने मानिसको सङ्ख्या ५ प्रतिशत रहेको छ । परिवार नियोजनका साधन प्रयोगकर्ताको दर ९०.५ प्रतिशत रहेको छ । उक्त प्रतिशतमध्ये पुरुष प्रयोगकर्ताको दर २५.५ प्रतिशत रहँदा महिला प्रयोगकर्ताको दर ७४.५ प्रतिशत रहेको छ । परिवार नियोजनका साधनको प्रकृतिको आधारमा विश्लेषण गर्दा ७२.५ प्रतिशतले अस्थायी, २२ प्रतिशतले स्थायी तथा ५.५ प्रतिशत प्रयोगकर्ताले प्राकृतिक विधिहरू अवलम्बन गरेको तथ्याङ्क छ । परिवार नियोजनको स्थायी विधि अवलम्बन गर्ने ६६ प्रतिशत पुरुष रहदा ३४ प्रतिशत महिला रहेका छन् भने अस्थायी विधिमा ८२ प्रतिशत महिला प्रयोगकर्ता हुँदा पुरुष प्रयोगकर्ता १८ प्रतिशत रहेका छन् । यस अनुसन्धानबाट परिवार नियोजनका अस्थायी साधनको प्रयोगदरमा डिपोप्रोभेरा ३५ प्रतिशत, पिल्स २० प्रतिशत, कन्डम १७.६० प्रतिशत, इकोन १२ प्रतिशत, नरप्लान्ट ८ प्रतिशत, कपर्टी ५ प्रतिशत र अन्य विविध विधि अवलम्बन गर्ने प्रयोगकर्ताको दर ३.४० प्रतिशत रहेको छ भने परिवार नियोजनका साधनको प्रयोग पश्चात् स्वास्थ्य समस्या उत्पन्न भएका प्रयोगकर्ताको दर २३ प्रतिशत रहेको र उक्त समस्या मध्ये महिनावारी गडबडी ३५ प्रतिशत, मोटोपनमा वृद्धि ३२ प्रतिशत, टाउको दुख्ने १५ प्रतिशत, एलर्जी हुने ८ प्रतिशत, रिङ्गटा लाग्ने ६ प्रतिशत र अन्य विविध समस्या हुने प्रयोगकर्ताको दर ४ प्रतिशत रहेको निष्कर्ष छ ।

Full Text
Published version (Free)

Talk to us

Join us for a 30 min session where you can share your feedback and ask us any queries you have

Schedule a call