Abstract

प्रस्तुत लेख बसाइँ उपन्यासको सबाल्टर्न विश्लेषणमा केन्द्रित छ । यस लेखमा सामग्रीको सङ्कलन पुस्तकालयीय पद्धतिबाट भएको छ । गुणात्मक अनुसन्धान विधि र पाठविश्लेषणमा आधारित विश्लेषण ढाँचाको उपयोग भएको यस लेखको सैद्धान्तिक र अवधारणात्मक आधार सबाल्टर्न हो । सदियौँदेखि इतिहासबिहीन भएका वा बनाइएका समाजको किनारामा रहेर आवाजविहीन, इतिहासविहीन तथा अधिकारविहीन भएका वा बनाइएका समुदाय नै सबाल्टर्न हुन् । विचारधारात्मक रूपले हेर्दा यसमा एकभन्दा बढी विचारको बहुलता रहेको छ । सबाल्टर्न अध्ययनमा सबै प्रकारका विभेदका कारण किनारीकृत हुनपुगेका सबै शोषित, पीडित अटाउन सक्ने भए पनि यस लेखमा मूलतः बसाइँ उपन्यासमा सबाल्टर्न सामाजिक संरचनाका एकाइ तथा समाजमा उनीहरूको स्थान, प्रभुत्व, विचारधारा र प्रतिरोधको अवस्थाको विश्लेषणमा केन्द्रित छ । तत्कालीन नेपाली समाजका विविध पक्ष र पाटालाई केलाउने उद्देश्यले सिर्जित बसाइँ उपन्यासमा वर्गीय भेदका कारण सत्तार सत्ताको वर्चस्व उच्च वर्गमा निहित हुँदा निम्न वर्ग शोषित, अपमानित र निरीह हुँदै आफ्नो पुख्र्यौली थातबास साहूलाई सुम्पेर बसाइँ हिंड्नु परेको यथार्थ प्रतिबिम्बन भएको छ । उपन्यासमा सामन्त वर्गले अधीनस्थ वर्गका उत्पादनका साधन हडपेर निरूद्देश्य बसाइँ सर्न बाध्य बनाएको यथार्थ प्रस्तुत भएको छ । यस उपन्यासमा जातीय दृष्टिले उच्च जातिको, लिङ्गीय दृष्टिले पितृसत्ता (पुरूष) को र वर्गीय दृष्टिले उच्च वर्गको प्रभुत्व रहेको छ । लेखमा सबाल्टर्न वर्गमा प्रतिरोधको भावना खासै नदेखिएको र दमनकारी विचारधारा अभिव्यञ्जित रहेको विषयमा विमर्श भएको छ ।

Talk to us

Join us for a 30 min session where you can share your feedback and ask us any queries you have

Schedule a call

Disclaimer: All third-party content on this website/platform is and will remain the property of their respective owners and is provided on "as is" basis without any warranties, express or implied. Use of third-party content does not indicate any affiliation, sponsorship with or endorsement by them. Any references to third-party content is to identify the corresponding services and shall be considered fair use under The CopyrightLaw.