Abstract

प्रस्तुत लेख ध्रुवचन्द्र गौतमद्वारा लिखित अप्रिय उपन्यासको अस्तित्ववादी जीवनदृष्टिको मूलभूत प्रतिमान वरणस्वतन्त्रताका कोणबाट गरिने विश्लेषणमा केन्द्रित रहेको छ । आफ्नो मूल्यका लागि छनोटको स्वतन्त्रता प्राप्त गरेको मानिसले चिन्ताको सामना गर्दै जिम्मेवारी वहन गर्नुपर्छ भन्ने मान्यता अस्तित्ववादी वरणस्वतन्त्रताको रहेको छ । अप्रिय उपन्यासमा वरणस्वतन्त्रताको अभिव्यक्ति किन गरिएको हो भन्ने शोध्य प्रश्नको समाधान गर्ने उद्देश्यले यो लेख तयार गरिएको हो । बहुसत्यमा आधारित यो लेख गुणात्मक अनुसन्धानका रूपमा रहेको छ । अप्रिय उपन्यासमा वरणस्वतन्त्रता तत्त्वमीमांसाका रूपमा रहेको यस अध्ययनमा शोधदर्शनसँग सम्बद्ध तत्त्व, ज्ञान र मूल्यमीमांसाका बिचमा सङ्गति कायम गरी लेखलाई पूर्णता प्रदान गरिएको छ । अप्रिय उपन्यासबाट सङ्कलित तथ्यलाई वरणस्वतन्त्रताका कोणबाट विश्लेषण गरी ज्ञाननिर्माण गरिएको छ । उपन्यासको विश्लेषणका लागि वरणस्वतन्त्रताको मर्मअनुकूल मूल्यको खोजी, चिन्ताको अभिव्यक्ति र जिम्मेवारीबोध जस्ता उपकरणलाई चयन गरिएको छ । उपन्यासका तथ्यका आधारमा अस्तित्ववादी वरणस्वतन्त्रताको विश्लेषण गरिएकाले निगमनात्मक शोधविधिको अवलम्बन यस अध्ययनमा गरिएको छ । अध्ययनका लागि आवश्यक प्राथमिक र द्वितीयक स्रोतका सामग्रीको सङ्कलन पुस्तकालय र ईपुस्तकालयबाट गरिएको छ । मूल्यका लागि सक्रिय रहँदा आइपर्ने दुश्चिन्ताबाट विचलित नभई जिम्मेवारी वहन गर्नुपर्छ भन्ने लोकका लागि हितकारी ज्ञानको सञ्चार यस उपन्यासले गरेको छ भन्ने निष्कर्ष यस अध्ययनको रहेको छ । अस्तित्ववादी वरणस्वतन्त्रताको मान्यताबमोजिम निर्मित उपकरणका आधारमा गरिएको यो अध्ययन अन्य अध्येताका लागि सहयोगी हुनु यस अध्ययनको उपलब्धि रहेको छ ।

Full Text
Published version (Free)

Talk to us

Join us for a 30 min session where you can share your feedback and ask us any queries you have

Schedule a call