Abstract

नेपाल–अंग्रेज युद्धका बेला गोर्खाली फौजको नेतृत्व गरेर पश्चिमी क्षेत्रमा अंग्रेजसँग लडिरहेका अमरसिंह थापा र जनरल डेबिट अक्टरलोलीबीच सन् १५ मे १८१५ मा एउटा सम्झौता भयो । दुवै सेनाका कमाण्डरबीच भएको सम्झौतापत्रमा हस्ताक्षर हुँदा त्यस पत्रको पाँचौँ धारामा अंग्रेजले ब्रिटिस सेनामा गोर्खालीलाई भर्ती गर्न सक्ने व्यवस्था गरेको थियो । त्यसपछि भगौडा गोर्खाली सेनालाई समेटेर अंग्रेजले शिरमोर, नुसिरी, मलाउ र कुमाउ बटालियन बनायो । त्यसबेलेलादेखि सुरु भएको भर्ती प्रथा राणकालिन समयमा आउँदा बेसरी झाङ्गियो । राणकालमा गोर्खाली युवालाई इस्तिहार जारी गरेर गाउँगाउँबाट जम्मा गरी भर्ती पठाइएको छ । किन इस्तिहार जारी गरेरै भर्ती पठाइयो होला ? यसको जिज्ञासा मेटाउन यो आलेख तयार गरिएको छ । यो अध्ययन गुणात्मक अनुसन्धान विधि अन्तर्गत विश्लेषणात्मक र वर्णनात्मक अनुसन्धान ढाँचा प्रयोग गरी अध्ययन सम्पन्न गरीएको हो ।

Full Text
Published version (Free)

Talk to us

Join us for a 30 min session where you can share your feedback and ask us any queries you have

Schedule a call