Abstract

संस्कृत साहित्यको ख्याति प्राप्त ग्रन्थ चाणक्य नीतिमा निहित शैक्षिक तथा व्यावहारिक नीतिहरूको जानकरी प्रकाशमा ल्याउने र तिनको महŒव र उपादेयता प्रस्तुत गर्ने हेतुले यो लेख तयार गरिएको छ । चाणक्य नीतिमा के कस्ता शैक्षिक नीतिहरू छन् ? के कस्ता व्यवहार उपयोगी नीतिहरू छन् ? र ती नीतिहरूको वर्तमान समयमा के उपादेयता हुन सक्ला ? भन्ने प्रश्नहरूको उत्तर खोज्ने प्रयास यस लेखमा गरिएको छ । शास्त्रहरूको अध्ययन गर्ने प्रचलित हर्मेन्यूटिक्स विधिको प्रयोग गरी यो लेख तयार गरिएको छ । सूचना निर्माण गर्नका लागि चाणक्य नीतिका अंग्रेजी, नेपाली र हिन्दी अनुवादहरूको गहिराइपूर्वक अध्ययन गर्दै सान्दर्भिक सूचनाहरू टिपोट गरियो । टिपोट गरिएका सुचनाहरुलाई अध्ययन गरिएका ग्रन्थहरुको पुनः अध्ययन गरी जाँच गरियो । ती सूचनाहरूको पुनः अध्ययान गरी त्यसवाट अर्थ निर्माण गर्दै बुझाइको व्याख्या गरियो । चाणक्य नीतिमा शिक्षा र व्यवहार उपयोगी नीतिको विस्तृत संग्रह रहेछ । चाणक्य नीतिका अनुसार शिक्षा मानिसका लागि प्रधान कुरा हो । विद्याले मानिसमा गुणहरू विकास गर्छ र पूर्वनिर्धारित हुन्छ । पुरुषार्थ प्राप्ति नै शिक्षाको उद्देश्य हो । संसारमा धेरै ज्ञान छन्, तिनको सार ग्रहण गर्नु श्रेयष्कर छ । श्रवण, अभ्यास र योग साधना विद्या आर्जनका विधि हुन् । सिकारुको गुण र व्यवहारको अवलोकनबाट मूल्याङ्कन गर्नुपर्छ । शिक्षाको मूल दायित्व मातापिताको हो । शिक्षक योग्य र आदर्श हुनुपर्छ । विद्यार्थी पवित्र, अनुशासित र नैतिक हुनुपर्छ । नीतिले खास उमेर सम्म सिकारु र सन्तानको कल्याणका लागि दण्डलाई ग्राह्य मानेको छ । चाणक्य नीतिमा प्रयाप्त व्यवहार उपयोगी तथा मानव कल्याणका लागि उत्प्रेरित गर्ने नीतिहरू छन् । मानिसलाई नैतिक धरातलमा उभिएर चार पुरुषार्थहरू प्राप्त गर्नका लागि आवश्यक हितकारी उपदेशहरू दिइएको छ । जसको अवलम्बनद्वारा मानिसको व्यावहारिक जीवन सफल हुन्छ भन्ने कुरामा विश्वास गर्न सकिन्छ । हाम्रो शैक्षिक तथा सामाजिक व्यवस्थामा यस्ता ग्रन्थहरू उपेक्षित छन् । प्राज्ञिक निकायहरूले यस्ता ज्ञानको प्रचार र पुनव्र्याख्यामा विशेष ध्यान दिनु श्रेयष्कर छ ।

Full Text
Published version (Free)

Talk to us

Join us for a 30 min session where you can share your feedback and ask us any queries you have

Schedule a call