Abstract

यस लेखमा स्थानीय आर्थिक विकासको नीतिगत तथा कार्यक्रमगत प्राथमिकता एवम् सीप विकास तथा सदुपयोगको अवस्था सम्बन्धमा वि सं २०७७ देखि २०७९ को अवधिमा स्थानीय तहका राजनीतिक पदाधिकारी एवम् कर्मचारीहरुसँग गरिएको अलग अलग दुई अध्ययनबाट प्राप्त भएका निष्कर्षहरु समेटिएको छ। दुवै अध्ययनमा अध्ययन विधिको रुपमा समूह छलफल र प्रश्नावलीको प्रयोग भएको छ। अध्ययनबाट प्राप्तनिष्कर्षका आधारमा भन्नुपर्दा फुटकररुपमा विभिन्न कार्यक्रमले स्थानीय आर्थिक विकाससँग सरोकार राखेको देखिएपनि स्पष्ट नीतिगत खाका र संरचनागत पहल भने भएको भेटिएन।त्यस्तै सीपमूलक जनशक्तिको माग र आपूर्तिबीच खाडल छ। यो अध्ययनले स्थानीय आर्थिक विकासको लागि सबै स्थानीय तहहरुले आआफ्नो क्षेत्रमा सम्भावना विश्‍लेषण गरी कृषि, उद्यम विकास र पर्यटन गतिविधिमा सबै पक्षबाट सहयोग जुटाउनुपर्ने निष्कर्ष निकालेको छ भने सीप विकासतर्फ सीपको नक्शाङ्कन गरी व्यवसायिक योजना विकास गर्न समेत सिकाई रोजगारी तथा आय वृद्धिको प्रत्याभूति गर्नुपर्दछ।

Full Text
Published version (Free)

Talk to us

Join us for a 30 min session where you can share your feedback and ask us any queries you have

Schedule a call