Abstract

‘आफर’ (२०७३) कवितासङ्ग्रहमा सङ्गृहीत कवितामा अभिव्यक्त दलित प्रतिरोधको अध्ययनलाई प्रस्तुत लेखमा विषय बनाइएको छ । ‘आफर’ दलित प्रतिरोधी आवाज व्यक्त भएका कविताहरूको सङ्गालो हो । यहाँ दलितहरूमाथि भएको उत्पीडनको केकस्तो प्रतिरोध गरिएको छ भन्ने जिज्ञासाको समाधान खोजिएको छ । यस अध्ययनका लागि आवश्यक प्राथमिक तथा द्वितीयक स्रोतका सामग्रीहरू पुस्तकालयीय कार्यबाट सङ्कलन गरिएका छन् । प्रस्तुत अध्ययनका लागि ‘आफर’ सङ्ग्रहका ३३ ओटा कविताबाट सोद्देश्य नमुना छनोट गरी आठ जना कविका एक एकका दरले आठओटा कविता लिइएका छन् । अध्ययनका लागि चमनलाल, ओमप्रकाश वाल्मीकि, शरणकुमार लिम्बाले, मिचेल फुको तथा राजेन्द्र महर्जन र यामबहादुर किसानका धारणालाई सैद्धान्तिक पर्याधारका रूपमा लिई तर्क तथा विश्लेषण विधिका माध्यमले निष्कर्षसम्म पुग्ने प्रयास गरिएको छ । यस अध्ययनमा ‘आफर’ सङ्ग्रहका कविताले नेपाली समाजमा सदियौँदेखि विद्यमान दलितमाथिका आर्थिक, सामाजिक, राजनीतिक, धार्मिकसांस्कृतिक एवम् वर्णवादजन्य उत्पीडनका विरुद्ध सशक्त प्रतिरोधी आवाज व्यक्त गरेको निष्कर्ष निकालिएको छ ।

Full Text
Published version (Free)

Talk to us

Join us for a 30 min session where you can share your feedback and ask us any queries you have

Schedule a call