Abstract

प्रस्तुत अध्ययन मोहन कोइरालाको नदी किनाराका माझी कवितामा सीमान्तीय प्रतिनिधित्वको अवस्था चित्रण गर्नमा केन्द्रित छ । यसमा आएका माझी राज्यसत्ताको पहुँचबाट टाढा रहेका सीमान्तकृत वर्गका प्रतिनिधि पनि हुन् । यसमा सीमान्तीय प्रतिनिधित्वको विश्लेषणका लागि जातीय, वर्गीय र लैङ्गिक गरी तीन ओटा मापदण्ड निर्माण गरिएको छ । यहाँ पुस्तकालयीय कार्यबाट प्राथमिक र द्वितीय सामग्रीको सङ्कलन गरेर विश्लेषणको अवधारणा निर्माण गरी विवेच्य कृतिको विश्लेषण गरिएको छ । यसमा कृति विश्लेषणका नवीनतम प्रवृत्तिको प्रयोग गर्दै सैद्धान्तिक अवधारणा निर्माणका लागि निगमनात्मक र कृति विश्लेषणका क्रममा आगमनात्मक विधिको प्रयोग गरिएको छ । अवधारणा निर्माण गर्दा कवितामा रहेको सीमान्तीय जातिलाई जातीय, निम्न वर्गका मानिसलाई वर्गीय र महिला तथा पुरुषलाई लैङ्गिक प्रतिनिधिका दृष्टिले हेरिएको छ । सीमान्तीय विश्लेषण अन्तर्गत कृति विश्लेषणका विभिन्न पक्षहरू भए पनि प्रस्तुत अध्ययनमा प्रतिनिधित्वसम्बन्धी अवधारणाका आधारमा मात्र विवेच्य कृतिको विश्लेषण गरिएको छ । यसरी विश्लेषण गर्दा मोहन कोइरालाको नदी किनाराका माझी कवितामा माझी जाति सीमान्तीय वर्गको प्रतिनिधि भएको, माझी समुदायले अधीनस्थ वर्गको प्रतिनिधित्व गरेको र माझी, मझिनी दुबैले लैङ्गिक रूपमा सीमान्तीय वर्गको प्रतिनिधित्व गरेको हुनाले नदी किनाराका माझी सीमान्तीय वर्गको प्रतिनिधित्व भएको कविता हो भन्ने निष्कर्ष निकालिएको छ ।

Full Text
Paper version not known

Talk to us

Join us for a 30 min session where you can share your feedback and ask us any queries you have

Schedule a call

Disclaimer: All third-party content on this website/platform is and will remain the property of their respective owners and is provided on "as is" basis without any warranties, express or implied. Use of third-party content does not indicate any affiliation, sponsorship with or endorsement by them. Any references to third-party content is to identify the corresponding services and shall be considered fair use under The CopyrightLaw.